काठमाडौं : प्रतिनिधि सभा बैठक बस्दैछ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्।बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्योट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै,अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
बैठकमा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एशियाली विधायिकी संस्थाहरूको परिषद् (Council of Asian Legislative Institutions–CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव प्रस्तुत गरिनेछ। सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















