रसुवा । वीरगञ्जस्थित सामाजिक संस्था सानो पाइलाले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक भान्सा (कम्युनिटी किचन) सुरु गरेको छ । भदौ १० को महाविपत्तिबाट प्रभावितहरुका लागि सहयोग स्वरुप सानो पाइलाले ‘कम्युनिटी किचन’ सुरु गरेको हो ।
बाढीप्रभावित क्षेत्रमा आवागमन तथा दैनिक जनजीवन निकै कष्टकर बनेका बेला सानो पाइलाले उत्तरगयामा सामुदायिक भान्सा सञ्चालनमा ल्याएको हो ।
दैनिक ७ सय ५० भन्दा बढीलाई खाना खुवाउँदै आएको सानो पाइलाका संस्थापक सदस्य दीपक बहादुर श्रेष्ठले जानकारी दिए । यो संख्या अझ बढ्दै जाने उनी बताउँछन् । संस्थाका ६ जना स्टाफहरु यसै कामका लागि रसुवामा खटिएका छन् ।
आवश्यक राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको संस्थाले स्थानीय जनप्रतिनिधि तथा समुदायसँग समन्वय गरी प्रभावित परिवारका लागि पोषणयुक्त भोजन तयार गरी वितरण गर्न थालेको हो । सानो पाइलाका स्रोत परिचालन तथा व्यवस्थापन प्रमुख रौनकराज सर्राफका अनुसार हाल प्रभावित परिवारलाई नियमित रुपमा पोषणयुक्त भोजन उपलब्ध गराईएको छ । ‘अहिले प्रभावित परिवारका लागि पोषणयुक्त भोजन तत्कालको आवश्यकता हो । त्यसैले सामुदायिक भान्सा सञ्चालन गरेका हौं ।’ सर्राफले भने ।
सानो पाइलाको टोली र स्थानीय समुदाय मिलेर खाना तयार गर्ने तथा प्रभावित परिवारसम्म भोजन पु¥याउने काममा खटिएका छन् । भोजन तयारी तथा वितरणमा स्थानीय समुदायसमेत प्रत्यक्ष रुपमा सहभागीता छ ।
संस्थाले आपत्कालीन अवस्था सामान्य नहुँदासम्म आवश्यकता र परिस्थितिअनुसार सामुदायिक भान्साको सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ । राहत तथा खाद्यान्न सहयोग उपलब्ध गराउने उद्देश्यले सानो पाइलाको टोली उत्तरगया क्षेत्रमा खटिएको छ । तत्काल आवश्यक राहत तथा सहयोग कार्यक्रमलाई थप विस्तार गरिने संस्थाले जनाएको छ । सानो पाइलाले भोजन सेवामा मात्र सीमित नरही प्रभावित समुदायको प्रारम्भिक पुनःस्र्थापनाका लागि एकीकृत राहत तथा पुनस्र्थापना कार्यक्रम अघि बढाउने तयारीसमेत गरिरहेको जनाएको छ ।
भोजन सेवासँगै अस्थायी आवास, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा संरक्षणसम्बन्धी सेवा, बाल संरक्षण, बालबालिकाको सिकाइ, मनोसामाजिक सहयोग तथा प्रभावित परिवारलाई पुनःस्र्थापना लगायत योजना समेटिने संस्थाले जनाएको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















