काठमाडौं । रसुवा लगायतका जिल्लाका बाढी पीडितहरुको राहत तथा उद्धारका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले १२ करोड रुपैंयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
(प्याब्सन) ले आफ्ना सदस्य विद्यालय, अभिभावक, विद्यार्थी, शिक्षक सबैबाट योगदान भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष डीके ढुङ्गाना, वरिष्ठ सल्लाहकार टिकाराम पुरी लगायत पदाधिकारी सदस्यको सहभागितामा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले बताए । महाविपत्तिले निम्त्याएको संकटमा प्याब्सनले मुलुकलाई सहयोग गर्ने उद्देश्यले १२ करोड रुपैयाँ सहयोग गरेको थियो । ३३ वर्षको इतिहास बोकेको प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुले आफ्नो नियमित खर्च र दायित्व व्यवस्थापन गर्दै उक्त रकम संकलन गरेका हुन् ।
प्याब्सनले हिमताल बिस्फोटपछि निम्तिएको महाविपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















