काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित भएका छन् । पाटा नेपाल च्याप्टरको ५१औँ वार्षिकोत्सव तथा निर्वाचनबाट आज हेरिटेज टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको महासचिवमा स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल, कोषाध्यक्षमा अल्पाइन रेस्क्यु सर्भिसका अध्यक्ष प्रकाशचन्द्र लोहनी निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ, जङ्गल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरे, बिजी बी क्याफेका कार्यकारी निर्देशक सुनीलबहादुर भट्टराई, पार्क भिलेज होटल एण्ड रिसोर्टकी निर्देशक माया शाक्य, अफ द वाल ट्रेकिङकी प्रबन्ध निर्देशक सरिता लामा, मार्कोपोलो ट्राभल्सका प्रबन्ध निर्देशक सिद्धार्थविक्रम थापा र वनबास चितवनका प्रबन्ध निर्देशक वासुदेव ढुङ्गाना भएका छन् ।
यस्तै, पोक्सी सदस्यमा दिनेश महर्जन, जान विश्वकर्मा, सञ्जयभक्त माथेमा, अङ्कित शर्मा, वसन्त गौतम, प्रकाश लामा र सुमन महर्जन निर्वाचित भएका छन् ।
पाटा नेपालको कार्यसमितिमा सार्वजनिक क्षेत्रबाटसमेत प्रतिनिधित्व रहने व्यवस्था रहेको छ । जसअनुसार प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, द्वितीय उपाध्यक्षमा नेपाल एयरलाइन्सका मार्केटिङ निर्देशक तथा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कर्पोरेट निर्देशक र नेपाल पर्यटन बोर्डका एक प्रतिनिधि पदेन सदस्य रहनेछन् ।
नवनिर्वाचित अध्यक्ष भट्टले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान, प्रभावित समुदाय तथा गन्तव्यलाई सहयोग र पर्यटन उद्योगलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















