काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री तथा प्रदेशसभा सदस्य निमा गिरी १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी छन् ।
प्युठानबाट खुला महिला क्लस्टरतर्फ गिरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन् । विद्यार्थी राजनीतिबाटै संगठनमा जोडिएकी गिरीले विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
प्यूठान झिमरुक गाउँपालिका–७ मच्छीमा जन्मिएकी गिरी पार्टीको लुम्बिनी प्रदेश संगठनमा सक्रिय गिरी हाल प्रदेशसभा सदस्यसँगै प्रदेश सहमहामन्त्रीको भूमिकामा छिन् । कांग्रेसको विशेष महाधिवेशनमा समेत सहभागी गिरीले त्यतिबेला महाधिवेशन सञ्चालनमा समेत जिम्मेवारी सम्हालेकी थिइन् । पार्टीको लुम्बिनी प्रदेश संगठनमा सक्रिय गिरी हाल प्रदेशसभा सदस्यसँगै प्रदेश सहमहामन्त्रीको भूमिकामा छिन् ।
महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै गिरीले अब कांग्रेसको १५ औँ महाधिवेशनमा प्युठानबाट प्रतिनिधित्व गर्ने छिन् । २०६७ मा भएको १२ औँ महाधिवेशनमा देशैभरिको कान्छी महाधिवेशन प्रतिनिधि सदस्य हुन् । त्यसयता उनी लगातार महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी हुँदै आएकी छिन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















