इजरायल— कादमबरी दाना श्रेष्ठको पहिलो साहित्यिक कृति ‘इमा’ सार्वजनिक हुने भएको छ। यो पुस्तक उनकी दिवङ्गत रोजगारदाता माया वाइनको पवित्र स्मृतिमा समर्पित गरिएको सिर्जना हो।
पुस्तक ‘इमा’ मायाबाट प्राप्त प्रेम, स्नेह र जीवनप्रतिको प्रेरणालाई शब्दमा उतार्ने एक भावनात्मक प्रयास हो। लेखिकाले यस कृतिलाई केवल व्यक्तिगत स्मृतिको संग्रह मात्र नभई, मातृत्वको सार्वभौमिक भावनालाई समेट्ने साहित्यिक दस्तावेजका रूपमा प्रस्तुत गरेकी छन्।
पुस्तक विमोचन समारोहमा इजरायलमा बसोबास गर्ने समुदायका ज्येष्ठ व्यक्तित्वहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, साहित्य तथा संस्कृतिप्रेमीहरू र सञ्चारकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई गरिमामय बनाउने अपेक्षा गरिएको छ।
लेखिका श्रेष्ठले सबै शुभचिन्तकहरूलाई यस ऐतिहासिक र भावुक क्षणमा सहभागी भइदिन हार्दिक निमन्त्रणा गर्दै, प्राप्त समर्थन र माया प्रति कृतज्ञता व्यक्त गरेकी छन्।
‘इमा’ पुस्तकले दुई पृथक भूगोलबाट वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा भेटिन पुगेकी आमाजतिकै प्रिय रोजगारदातासंगको ममतामयी सम्बन्धलाई शब्दमार्फत अमर बनाउने विश्वास गरिएको छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














