काठमाण्डौं — नारी स्रष्टा समाज नेपालले आयोजना गरेको ममता मृदुलसँग ‘लघुकथामा बहस’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सर्वनाम थिएटर, कालिकास्थानमा भएको थियो जहाँ अशेष मल्लका प्रसिद्ध लघुकथा ‘मान्छे’ र ‘कालाे कागज’ समेत प्रस्तुत भएका थिए।
कार्यक्रममा साहित्यकार विधान आचार्यले अशेष मल्लको परिचयात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने रमेन्द्र कोइरालाले संचालन भूमिका निभाएका थिए। समाजले सहभागी लघुकथा वाचकहरूलाई सम्मानसमेत गरेको थियो।
उक्त अवसरमा विविध साहित्यकार र प्रतिष्ठित अतिथिहरूले मल्लका रचनाप्रति आफ्नो अभिव्यक्ति राखेका थिए।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














