बुटवल — साहित्यकार सपना आचार्य को नयाँ कृति “उनले छोडेको उज्यालो” सार्वजनिक गरिएको छ। पुस्तक विमोचन लेखिकाकी आमाको पुण्यतिथिको अवसरमा बुटवलमा आयोजित कार्यक्रममार्फत गरिएको हो। कृतिको विमोचन उनको पिता कृष्णलाल आचार्यले गरे।
कार्यक्रममा बुटवलस्थित मानव सेवा आश्रमका वृद्धआमाबुबालाई भोजन गराइएको थियो। यो कृति आमाको निधनपछि भोगेको पीडा, रिक्तता र स्मृतिलाई आत्मीय शैलीमा प्रस्तुत गर्दछ।
सपना आचार्यको पहिला प्रकाशित पत्रिकात्मक उपन्यास “मलिलो माटो” २०७८ मा आएको थियो। नयाँ कृति बजारमा उपलब्ध भइसकेको छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














