काठमाडौँ । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार राजधानीको गैरीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्समा संस्थाले साधारण सभा सम्पन्न गरेको हो।
परामर्श व्यवसाय क्षेत्रका महत्त्वपूर्ण मुद्धाहरुमा छलफल गर्दै उक्त साधारण सभाले विद्यमान समस्याहरूमा राज्यको ध्यानाकर्षण गराएको छ।
फेकन अध्यक्ष उमेश कुश्वारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सेमान्त कोइराला प्रमुख अतिथि र विशेष अतिथिका रूपमा नेपालका लागि न्युजिल्यान्डकी मानार्थ वाणिज्यदूत लिसा चोइगल, भिक्टोरिया तथा अस्ट्रेलियाका लागि नेपालको मानार्थ वाणिज्यदूत नीराजन गौली, अमेरिकाका लागि नेपालका पूर्व वाणिज्यदूत तथा फेकन सल्लाहकार नारायण प्रसाद मैनाली, अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल, बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख रुद्र शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन तथा फेकनका सल्लाहकार प्रा डा खेमबन्धु कोइराला लगायत उपस्थित थिए।
कार्यक्रममा आइडिपी तथा ब्रिटिस काउन्सिलका प्रतिनिधि, विभिन्न छाता संगठनका प्रतिनिधि, विभिन्न शैक्षिक संस्था तथा साझेदारहरूका प्रतिनिधि तथा अन्य आमन्त्रित व्यक्तिहरू अतिथिका रूपमा रहँदा फेकन सदस्य परामर्श व्यवसायीहरूको उल्लेख्य उपस्थिति कार्यक्रममा रहेको थियो।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














