काठमाडौं । ललितपुरको झम्सिखेलस्थित ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स) को अध्यक्ष बनेका विल्को नानो ब्रामले राजीनामा दिएका छन् । नेपालमा डिपेन्डेन्ट वा पर्यटक भिसामा अवैध धन्दा चलाउने नेदरल्यान्ड्सका नागरिक विल्को नानो ब्रामले स्कुलको सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका हुन् ।
नेपाल सरकारको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ‘श्रम स्वीकृति नलिएको’ भनी प्रमाणित गरिसकेका विल्कोले स्कुलको सञ्चालक समितिको अध्यक्ष बनेर करोडौं आर्थिक कारोबार र गम्भीर कानुनी निर्णय गर्दै आएका थिए । ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिको अध्यक्ष रहेका नेदरल्यान्ड्सका नागरिक विल्को नानो ब्रामको अवैध धन्दामा पर्यटक भिसामा नेपाल आएका अमेरिकी सन्तोष श्रेष्ठ र बेलायती क्यारन आर्लिन बासु रे ले सघाउदै आएका थिए ।
नेपालको कानुन विपरित डिपेन्डेन्ट भिसामा आएका यि विदेशीहरुले स्कुलको नीति निर्माण, आर्थिक कारोबार, कर्मचारी भर्ना तथा छनौटमा मनपरी गर्दै आएको स्रोतले बतायो । पछिल्ला दिनमा मिडियाको चर्को दवावबीच ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिको अध्यक्ष रहेका नेदरल्यान्ड्सका नागरिक विल्को नानो ब्रामले राजीनामा दिएका हुन् । अन्य दुई अमेरिकी सन्तोष श्रेष्ठ र बेलायती क्यारन आर्लिन बासु रे ले राजीनामा दिएका छैनन् । यि विदेशीहरुको मनपरीबाट स्कुलका अभिभावकहरुले आजित भएको बताए । पर्यटक भिसामा नेपालमा बसेर मनपरी गर्दै आएका यि विदेशीहरुलाई अध्यागमन विभागले पनि कारबाही गर्न ढिलो गरेकोमा स्कुलका अभिभावकहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














