भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले उम्मेदबारी दर्ताका लागि तयारी पूरा भएको जनाएको छ । जिल्ला निर्वाचनको कार्यालय सल्लाघारी भक्तपुरले सोमबार पत्रकार सम्मेलन गरी दुई निर्वाचन क्षेत्रका दुई ठाउँंमा छुटाछुटै उम्मेदबारी दर्ता गरिने जनाइयो ।
जिल्ला निर्वाचन अधिकृत प्रकाश मगरले पहिला जस्तै भक्तपुर क्षेत्र नं १ को उम्मेदबारी दर्ता पहिलाको जनज्योति पुस्तकालय दरवार क्षेत्रमा हुने जनाए । साथै निर्वाचन क्षेत्र नं २ को उम्मेदबारी दर्ता कृषि तालिम केन्द्र बोदे भक्तपुरमा हुने जनाए । कुन पार्टीले कति बजे उम्मेबारी दर्ता गर्न आउँंछ भन्ने प्रश्नमा उनले विहान १० बजेदेखि साँंझ ५ बजेसम्म कार्यालय खुल्ने र त्यो विचमा जतिबेला पनि दर्ता गर्न आउनसक्ने जनाए ।
यसैवीच राष्टिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं १ ले विहान साढे नौ बजे कमलविनाय भत्केको पाटीमा भेला हुन पार्टी नेता कार्यकर्ताहरुलाई सूचित गरेको छ । क्षेत्र नं १ का केन्द्र प्रदेस, विभाग, जिल्ला, नगर तथा सम्पूर्ण वडाका पदाधीकारीहरू र घन्टी प्रेमी साथिहरू भोलि माघ ०६ गते विहान ठिक ९ः३० वजे र्यालीको लागि अनिवार्य उपस्थितको लागि अनुरोध गरिएको सूचना जारी गरेको छ ।
भक्तपुरमा फागुन २१ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूले आवश्यक तयारी पूरा गरिरहेका छन् ।
निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक भइसकेको छ भने मतदान केन्द्रहरूको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । जिल्लाभर मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरी भौतिक पूर्वाधार, मतपेटिका, गोप्य मतदान कक्ष तथा सुरक्षासम्बन्धी प्रबन्ध मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनलाई मध्यनजर गर्दै भक्तपुरमा सुरक्षाको व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परेमा म्यादी प्रहरी परिचालन गरिने बताइएको छ । संवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा योजना लागू गरिने सुरक्षा निकायले जनाएको छ ।
यस निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन् । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । विकास, सुशासन, शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधार प्रमुख चुनावी मुद्दाका रूपमा देखिएका छन् ।
निर्वाचन आयोगले मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबै पक्षलाई निर्देशन दिएको छ । आचारसंहिता उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
स्थानीय बासिन्दाहरू निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिँदै उत्साहका साथ मतदानमा सहभागी हुने तयारीमा छन्। फागुन २१ गते बिहानदेखि तोकिएका मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुने र साँझ मतदान सकिएपछि मतगणनाको तयारी गरिने जनाइएको छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














