काठमाडौं । आसन्न फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि नुवाकोटको क्षेत्र नम्बर २ मा नेकपा (संयुक्त) को तर्फबाट किरण तिम्सेनाले उम्मेदवारी दर्ता गरेका छन् । उनको चुनाव चिन्ह हँसिया हो ।
तारकेश्वर ५ छाप्दाङ, नुवाकोटमा जन्मिएका किरण तिम्सेना किसान परिवारमा जन्मिएका हुन् । बुबा शिक्षक । बालाजुको तरुण माविबाट २०१० मा एसएलसी दिएका उनले सगरमाथा मल्टिपल कलेज, डिल्लीबजारबाट विज्ञान संकायबाट प्लस टु उत्तिर्ण गरे । स्कुले जीवनमा उनलाई पाइलट बन्ने रहर थियो । विविध कारण त्यो सफल हुन पाएन । ‘नेपालमा पाइलटको कोर्ष नै पढाइ नहुने रहेछ ।’ उनले भने, ‘आर्थिक कारण विदेश जाने अवस्था रहेन ।’
राजनीतिमा किन ?
किरण विविएस पढ्न पकनाजोलको पिपुल्स क्याम्पस भर्ना भए । उनको पारिवारिक पृष्ठभूमीका कारण उनी राजनीतिमा सक्रिय भए । प्राय सबैजसो सदस्यहरु कुनै न कुनै राजनीतिक दलमा आवद्ध थिए । घरभरी पत्रपत्रीका, पुस्तकहरु हुन्थे । आफ्नो कोर्ष भन्दा बढी उनले तिनै पत्रपत्रीका, पुस्तकहरुको अध्ययन गर्थे । नजानिदो कारण उनी राजनीतिमा तानिदै गए । राजनीतिमा चासो बढ्दै गयो ।
दोस्रो जनआन्दोलनले किरणलाई सबैभन्दा बढी प्रभावित पायो । त्यसबेलाका छापा माध्यमहरुमा राजनीतिक लेख, विश्लेषण पढ्न थालेपछि झन् रुची बढ्दै गयो । महेन्द्र पि लामा, खगेन्द्र संग्रौला, लगायतका लेखकका लेखहरु उनी नियमित पढ्थे । त्यसबेलाका चर्चित युवा नेताका लेखहरु उनी नछुटाइ पढ्थे । यिनै कुराहरुले उनलाई राजनीतिमा आकर्षित गयो । समाजको चेतना बदल्न गरेको कोशिषले आकर्षित गयो । २०६२ मा सडक आन्दोलन उत्कर्षमा पुगेको थियो ।
काठमाडौंमा तिम्सेना परिवारको घर बन्दै थियो । एकातिर दलहरुको राजनीतिक आन्दोलन चर्किरहेको थियो, अर्कोतिर माओवादी शसस्त्र आन्दोलन चर्किरहेको थियो । घरमा प्रायजसो नेताहरुको बास हुन थाल्यो । शहरभन्दा थोरै बाहिर भएकाले नेताहरुले उनको घरलाई सेल्टरका रुपमा प्रयोग गरे । नेताहरुबिचको आपसि गफगाफ सुन्दा सुन्दा उनले राजनीति नजिकबाट बुझ्न थाले ।
दोस्रो जनआन्दोलनपछि नेपालमा गणतन्त्र आयो । काठमाडौंमा हुने आमसभा, राजनीतिक कार्यक्रमहरुमा उनी नछुटाइ भाग लिन थाले । आमसभामा उपस्थित हुने गर्थे । राजनीतिमा झन् बढी रहर जाग्न थाल्यो । समाजका लागि म केही योगदान सक्छु होला भन्ने लाग्यो ।
फागुन २१ को चुनावमा उम्मेदवारी किन ?
लामो राजनीतिक श्रृंखला पार गरेर आएका हुनाले किरणलाई प्रत्यक्ष राजनीतिमै उनलाई जोडिन रहर लाग्यो । समाजका तमाम समस्याहरु छन् । बाहिरै बसेर समस्याको समाधान खोज्नु भन्दा संसदमै पुगेर, ठाउमै पुगेर समस्याको समाधान खोज्न मन लाग्यो । युवा, श्रमिक, बेरोजगारी लगायतका समस्यालाई उनले प्रखर रुपमा संसदमा उठाउन खोजेका छन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














