काठमाडौँ, भदौ २७ गते । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पतालमा बेहोस अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा। दिवाकार सिंह थापाले जानकारी दिनुभयो ।
इलाममा सन् १९६० मा जन्मनुभएका लेखकसमेत रहनुभएका उहाँको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















