काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण स्थगित भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आउँदो असोज १ गते गरिने भएको छ । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत यो उपहार कार्यक्रम घोषणा गरिएको थियो ।
साउन १ देखि सुरु प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोसी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो । असोज १ गते भदौको पुरस्कार घोषणा गर्ने तयारी गरिएको अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए ।
पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एकका दरले १५ जनालाई जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्रदान गरिनेछ ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















