अस्ट्रेलिया । नेपालका बाढीपीडितका निम्ति अस्ट्रेलियास्थित क्राउन इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक दीपक खड्काले ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका निम्ति उनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
मातृभूमिमा विपत्ति पर्दा आफू दुःखी रहेको उनले बताए । आफ्नो तर्फबाट गरिएको यो सहयोग ‘सानो मलम’ भएको खड्काले उल्लेख गरे ।
न्यु साउथ वेल्सका निम्ति नेपालका पूर्वमहावाणिज्यदूत रहेका खड्काले प्राकृतिक विपत्तिका बेला यसअघिदेखि सहयोग गर्दै आएका छन् । उनले बाढीबाट भएको अपुरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दै निधन भएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















