काठमाडौं । सरकारले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका निम्ति एसियाली विकास बैंकले प्रदान गरेको पाँच मिलियन अमेरिकी डलर सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबार (भदौ १८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त सहयोग स्वीकार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
भोटेकोसी बाढी प्रभावित व्यवसायीलाई राहत र कर/महसुल छुटसहितका सहुलियत तथा सुविधा प्रदान गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















