विराटनगर । उद्योगी भीम घिमिरे र उनकी श्रीमती अजिता घिमिरे सञ्चालक रहेको एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशी बाढी पीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
घिमिरे दम्पतीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश समितिका संस्थापक अध्यक्षसमेत रहेका घिमिरेले बाढीबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरेको बताए । ‘विपत्तिमा परेका परिवारलाई केही राहत होस् भनेर आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौँ,’ उनले भने।
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठुलो जनधनको क्षति भएपछि विभिन्न सङ्घसंस्था, उद्योगी व्यवसायी तथा निजी क्षेत्रले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















