काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरीले कांग्रेसको जारी १५ औँ महाधिवेशनमा महिला खुलातर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छिन् ।
गिरीले प्रदेश सभादेखि पार्टी संगठनसम्म सुशासन, पारदर्शिता, सामाजिक न्याय र नयाँ पुस्ताको सहभागिताका विषयलाई निरन्तर उठाउँदै आएकी छिन् । प्रदेश सभामा उनले ‘मेरो विद्यालय, मेरो दायित्व’, प्रदेश आयोजना बैंक, संस्थागत स्मृति हस्तान्तरण, जेनजी पुस्तालाई रोजगारीमा प्राथमिकता, सुशासन ऐनको कार्यान्वयन तथा कारागार र बालसुधार गृह सुधारजस्ता विषयलाई निरन्तर एजेण्डा बनाउँदै आएकी छिन् ।
गिरीले प्रदेश सभामा सुशासन र पारदर्शिताका साथै सामाजिक तथा कल्याण, कानून, सुरक्षा तथा सुधार, सामाजिक अभियान र नवप्रवर्तनका विषयमा पनि सक्रिय रुपमा आवाज उठाउँदै आएकी छिन् ।
विशेषगरी जेनजी पुस्ताले उठाएका सवाललाई राजनीतिले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा छ । तर, पुस्तान्तरण केवल अनुहार परिवर्तनमा सीमित हुन नहुने उनको स्पष्ट मत छ । उनका अनुसार राजनीतिमा पुस्तान्तरणसँगै सुशासन, विधि, पद्धति, पारदर्शिता र जवाफदेहिता स्थापित हुनुपर्छ । राजनीतिमा देखिएका विकृति र कुशासन हटाउँदै राजनीतिलाई पुनः पवित्र समाजसेवाको माध्यम बनाउनु आफ्नो प्रमुख लक्ष्य रहेको गिरी बताउँछिन् ।
‘म राजनीतिलाई सधैँ समाजसेवामा बदल्ने र राजनीतिकमार्फत मुलुकमा सुशासन तथा पारदर्शिता स्थापित गरी विकास र समृद्धिको बहार सिर्जना गर्न राजनीतिमा लागेको हुँ,’ गिरीले भनिन् ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















