काठमाडौं । राष्ट्रिय नाचघर, जमल, काठमाडौँमा आयोजित समारोहबीच समाजमा योगदान पु¥याउने प्रतिभाहरूलाई सम्मानित गरिएको छ। विभिन्न क्षेत्रमा योगदान पु¥याएका तथा अध्ययनरत अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थितिमा नेपालको तर्फबाट व्यापार तथा उद्योग क्षेत्रमा योगदान पु¥याएका युवा उद्यमी राज कार्कीलाई इन्टरनेसनल आइकन अवार्ड २०२६ (International Icon Award 2026 Nepal) ) बाट सम्मानित गरिएको छ ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ३ औँ संस्करणको ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ कार्यक्रममा व्यवसाय तथा उद्योग क्षेत्रमा नवीन सोच बोकेका कार्की सम्मानित भएका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री तथा जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतको प्रमुख आतिथ्यता रहेको थियो भने पूर्व सांसद विनोद पहाडी, राष्ट्रिय सभाका विशिष्ट व्यक्तित्वहरू तथा चर्चित स्रष्टा तथा अन्तराष्ट्रिय इभेन्ट निर्देशक भारत समारी लगायतका ख्यातिप्राप्त व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।
विभिन्न देशबाट विभिन्न क्षेत्रमा योगदान पु¥याइरहेका विज्ञ तथा प्रतिनिधिहरूको बीचमा नेपालको प्रतिनिधित्व गर्दै यो प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको राज कार्कीले व्यक्त गरेका छन् । उनका अनुसार, यो सम्मानले विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली युवाहरूलाई उद्यमशीलतामा आउनका लागि थप ठूलो हौसला मिलेको छ र यसले आफ्नो कामप्रति अझ बढी लगनशील भएर अघि बढ्ने ऊर्जा थपेको छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















