काठमाडौँ : नेपाली सेनाले बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ।
सेनाले उद्धारका लागि एमआई–१७ सहित ४ वटा हेलिकोप्टर परिचालन गरेको छ। त्यसैगरी, स्थलमार्गबाट खटिएको टोलीले समेत प्रभावित क्षेत्रहरूमा उद्धार कार्य जारी राखेको छ। हवाई तथा स्थलमार्गबाट उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानहरूमा स्थानान्तरण गरिएको छ।
अन्य सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















