दार्चुला । प्रहरी दिवस तथा दसैंको अवसर पारेर जेनजी मदन बुढाले दार्चुलाको कारागारमा पुस्तकालय स्थापना गरेका छन् । काठमाडौंबाट करिब ४ सय बढी पुस्तक लिएर दार्चुलाको कारागारमा उनले पुस्तकालय स्थापना गरेका हुन् ।
कारागारमा रहेका कैदीबन्दीलाई अध्ययन गर्ने अवसर प्रदान गर्न र उनीहरुमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बुढाले बताए । बुढाले पु¥याएको योगदानलाई जिल्ला कारागार दार्चुलाका कर्मचारी, प्रशासनले उनलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘बन्दिहरुको तनाव व्यवस्थापन गर्न र उनीहरुलाई आत्मसन्तुष्टिको महशुस गराउँन पुस्तकालयले ठूलो सहयोग गर्नेछ ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले भने, ‘पुस्तक पढ्ने बानीले कारागार भित्रको वातावरण शान्त र व्यवस्थित हुने आशा गरेको छु ।’
‘कैदीबन्दीलाई फुर्सदको समय सदुपयोग गर्न, ज्ञान हासिल गर्न र अध्ययनको बानी विकास गर्न सहयोग पुग्ने आशा छ’ बुढाले भने, ‘अछाम र दार्चुलापछि सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पुस्तकालय स्थापना अभियानलाई तिव्रता दिनेछु ।’जेनजि अगुवा र समाजसेवि बुढाले यसअघि अछामको बयलपाटा अस्पताल र जिल्ला कारागार अछाममा पुस्तकालय स्थापना गरिसकेका छन् ।


फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















