काठमाडौं — ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा देशभरिका स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानले पर्वत जिल्लाको भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिकामा प्रतियोगितात्मक चित्रकला कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई विविध कलात्मक सीप र सिर्जनात्मक अभ्यासबारे प्रशिक्षण दिइएको थियो। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले कला क्षेत्रको प्रवर्द्धन र विकेन्द्रीकरणका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण भएको बताए।
नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले ग्रामीणस्तरमा कला र संस्कृति प्रसारित गर्न यस्ता कार्यशालाले ठूलो भूमिका खेल्ने बताए भने विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले विद्यार्थीहरूको प्रतिभा उजागर हुने खालका कार्यक्रम भएको बताए।
कार्यक्रममा स्थानीय कलाकार, प्रशिक्षक, विद्यार्थी र शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














