नवलपुर । हालै गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा आएको बाढीबाट प्रभावित १ सय ४० घरपरिवारलाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिएको छ ।
गैंडाकोट नगरपालिकाको अनुरोध तथा जागृति बाल तथा युवा सरोकार नेपाल (व्ऋथ्ऋल्) को समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो ।
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माका अनुसार नारायणी नदी किनारमा बसोबास गर्दै आएका १ सय ४० घरपरिवार बाढीबाट प्रभावित भएपछि उनीहरुलाई नजिकैको महेन्द्र स्मारक आधारभूत विद्यालयमा स्थापना गरिएको अस्थायी आश्रयस्थल (होल्डिङ सेन्टर) मा सुरक्षित रुपमा राखिएको थियो । सोही स्थानमा नगरपालिका तथा वडा कार्यालयसँगको समन्वयमा प्रभावित परिवारलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको हो ।
प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्रत्येक परिवारका लागि शेल्टर किट्, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड तथा झुललगायतका सामग्री समावेश गरी पारिवारिक राहत प्याकेज तयार पारिएको थियो ।
महासचिव शर्माले बाढीका कारण विस्थापित भई अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका परिवारको तत्कालीन आवश्यकता पूरा गर्न पहिलो चरणमा राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए ।
स्थानीय सरकार र जागृति बाल तथा युवा सरोकार नेपालको अनुरोधमा सेभ द चिल्ड्रेनको सहयोग र संस्थाको समन्वयमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पु¥याइएको उनले बताए । जागृति बाल तथा युवा सरोकार नेपालले भूकम्प कोभिड भोटेकोशी बाढी लगायत देशमा विभिन्न प्रकोप भइराख्दा विभिन्न विकासका साझेदार संस्था निजी क्षेत्रसँगको सहकार्यमा राहत पुनःस्र्थापना र जीविकोपार्जनमा समेत सहयोग गर्दै आइरहेको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।
विपद्मा राहत र पुनःस्थापना सँगसँगै बालबालिका किशोर किशोरी, सुत्केरी तथा गर्भवती महिला र जेष्ठ नागरिकमाथि हिंसा, दुव्र्यवहार, बेचबिखन, भेदभाव हुन सक्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए । ‘उनीहरुलाई मनोविमर्श र सचेतना पनि आवश्यक छ ।’ पौडेलले भने ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















