खोटाङ — राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम दिक्तेल बजार–भानुचोकमा सुरु भएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको सालिकलाई अहिले नयाँ रुप दिने तयारी चलिरहेको छ।
प्रदेश सरकार तथा भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेका छन् र ठेक्का प्रक्रियापछि निर्माण कार्य अगाडि बढाइएको हो।
कार्यक्रमअनुसार सालिकको स्थान केही पर सार्ने, टायल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण तथा कविताका उद्धरण समेत राखेर सौन्दर्यीकरण गरिनेछ। स्थानीय समाज र टोल विकास संस्थासँग छलफल गरी काम अघि बढाइएको जनाइएको छ।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।














