यूएई : संयुक्त राष्ट्रसंघको ८१औँ महासभा दौरान नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नह्यानबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
न्युयोर्कस्थित यूएईको राष्ट्रसंघीय स्थायी नियोगमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा जलवायुजन्य बाढीबाट प्रभावित समुदायका लागि यूएई सरकारको मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरे।
भेटका क्रममा यूएईले बाढी प्रभावित नेपाली समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर ९ ३ अर्ब ८० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
मन्त्री शिशिर खनालले बाढीबाट प्रभावित नेपालीप्रति यूएई सरकार र जनताले देखाएको सहानुभूति तथा ऐक्यबद्धताको प्रशंसा गर्दै मानवीय सहयोगका लागि आभार व्यक्त गरे।
भेटवार्तामा नेपाल–यूएई सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। दुई देशबीच श्रम,व्यापार,लगानी,पर्यटन, नवीकरणीय ऊर्जा,कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघमा बहुपक्षीय सहकार्य लगायत पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
दुवै पक्षले आपसी लाभका क्षेत्रमा विद्यमान सहकार्यलाई अझ प्रभावकारी बनाउँदै द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने महत्त्वमा जोड दिएका छन्।
फ्रन्टलाइननेपाल डट कम नेपालको समसामयिक समाचार, मनोरञ्जन, साहित्य र समाजका विविध आवाजहरू निष्पक्ष र पूर्वाग्रराहित रुपमा प्रस्तुत गर्ने डिजिटल संचार माध्यम हो । हामी सत्य, सन्तुलन र संवेदनासहितका कथाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
















