• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

एनआरएनएले शुरु गर्यो आर्थिक सहयोग सङ्कलन अभियान


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २२, २०७६

  • अमेरिका, २२ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि ‘एनआरएनए कोभिड–१९ राहत कोष’को स्थापना गरी आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाएको हो ।
    सङ्घका अध्यक्ष कुमार पन्तले कोषमा सङ्कलन हुने रकम आवश्यकता अनुरुप नेपाल र नेपाल बाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने  बताउनुभयो । सङ्घले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेटमार्फत तथा एनआरएनए रेस्पेक्ट आइएनसी डट नेट वेभसाइटमा गई अनलाइनमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ ।
    साथै सङ्घले सानिमा बैंकमा खोलेको सङ्घको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ । अध्यक्ष पन्तका अनुसार कोषमा सहयोग सङ्कलनको कार्य तीव्र भइरहेको छ । सङ्घअन्तर्गत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले समेत आर्थिक सहयोग कोष बनाएरसमेत ती देशहरुमा आर्थिक सहयोग सङ्कलन गरिरहेको जानकारी अध्यक्ष पन्तले दिनुभयो ।
    आर्थिक सहयोग सङ्कलन अभियानबाट यति नै रकम उठाउने भनी लक्ष्य नराखिएको भए पनि करिब रु तीन करोड जम्मा हुने अपेक्षा राखिएको सङ्घले जनाएको छ । सङ्घले गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरिया शाखाले खरिद गरेको करिब रु एक करोड बढी बराबरको स्वास्थ्य सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ भने पूर्ववत रु एक करोड सहयोगको प्रतिबद्वताअनुरुप नेपाल सरकारले भनेबमोजिम थप आवश्यक सामग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
    सङ्घले निर्माण गरेको कोभिड–१९, एनआरएनए उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका एनआरएनएका अध्यक्ष पन्तले अहिलेको यो विषम परिस्थितिमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाले अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्मार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थीदेखि सबै नेपालीलाई आवश्यक सहयोगको काम भइरहेको जानकारी दिनुभयो ।
    सङ्घको हालसम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको छ । विश्वभर करिब ८० लाख गैरआवासीय नेपाली रहेको बताइन्छ । पछिल्लो समय कोभिड–१९ महामारीको प्रकोप बढिरहेको अमेरिका तथा युरोपका देशहरुमा गैरआवासीय नेपालीको बसोबास बढिरहेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण पाँच जना गैरआवासीय नेपालीको ज्यान गइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    एसिडपीडितलाई निःशुल्क उपचार

    एसिडपीडितलाई निःशुल्क उपचार

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    ताजा अपडेट
    • लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    • पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    • प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    • वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    • फुटबल टोलीको बिदाइ

    • एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    • बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    • सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

    • मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    • कर्णाली प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology