• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

कोरोना प्रतिकार्यमा कर्णाली सरकारको उचित कदम : शर्मा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख १५, २०७७

  • सुर्खेत, १५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका इञ्चार्ज जनार्दशन शर्माले कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुसँग प्रदेश सरकारको कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा आइतबार भएको भर्चुअल बैठकमा इञ्चार्ज शर्माले हालसम्म प्रदेश सरकारले सह्रानीय काम गरेको बताउनुभएको हो ।
    पूर्वगृहमन्त्रीसमेत रहेका इञ्चार्ज शर्माले भन्नुभयो, “कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रोसँग पहलकदमी लिएको छ । चालु आवको बजेट स्वास्थ्य क्षेत्रको पूर्वाधार, सामग्री र उपचारमा मात्र परिचालन गर्न आग्रह गर्दछु ।” सरकारविरुद्ध प्रश्न नउठ्ने गरी पारदर्शी काम गर्न र कोरोनाका कारण आउन सक्ने विश्वव्यापी आर्थिक मन्दी, वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वदेश फिर्तीलगायतले पार्न सक्ने जोखिमलाई ध्यान दिन एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा हतारो नगर्न मुख्यमन्त्री शाहीलाई उहाँले सुझाव दिनुभयो ।
    इञ्चार्ज शर्माले लकडाउनको उपयोग गर्दै कोरोनाविरुद्ध लड्न आन्तरिक तयारीलाई तीव्र बनाउन तथा लकडाउन खुलेपछि आइपर्ने सम्भावित चुनौतीको हल गर्ने गरी आगामी रणनीति तयार गर्न पनि सुझाउनुभयो । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सबै मन्त्रीले कर्णाली प्रदेशमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारवाहीबारे पार्टी नेतृत्वलाई जानकारी गराउनुभएको थियो ।
    बैठकमा मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मासहितको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    एसिडपीडितलाई निःशुल्क उपचार

    एसिडपीडितलाई निःशुल्क उपचार

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    ताजा अपडेट
    • लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    • पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    • प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    • वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    • फुटबल टोलीको बिदाइ

    • एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    • बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    • सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

    • मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    • कर्णाली प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology