बर्दियाका प्रजिअसहित १९ को रिपोर्ट नेगेटिभ


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २६, २०७७

  • राजापुर, २६ जेठ । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

    नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । संक्रमित सवारी चालकले सरुवा हुनभएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पु¥याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई त्यहीँबाट लिएर आएका थिए ।

    सरुवा हुनुभएका प्रजिअ लामिछानेको पिसिआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो । चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार