
काठमाडौं । रक्ष कुमार राईले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमानी राखेका छन् । ‘द मोस्ट हिट्स अफ अ टेनिस बल विद् अ टेनिस र्याकेट ह्यान्डल इन् वन मिनेट’ मा उनले किर्तिमानि राखेका हुन् । टेनिस र्याकेट ह्यान्डलले टेनिस बललाई एक मिनेटसम्म बल खेलाएर किर्तिमान राखेका हुन् ।
यसअघि स्पेनका नागरिक कृष्टियन रोबर्टोले सन् २०२० मा द मोस्ट हिट्स अफ अ टेनिस बल विद् अ टेनिस र्याकेट ह्यान्डल इन् वन मिनेट शिर्षकमा विश्व किर्तिमानि राखेका थिए । ‘देशका निमित्त हामी निरन्तर लागि रहेका छौं ।’ रक्ष कुमारले भने ‘यो किर्तिमानीले उत्साह थपेको छ ।’ यस्तै वल्र्ड रेकर्ड फाउन्डेसन नेपालका अध्यक्ष चित्रकुमार कार्कीले आज राखेको रेकर्डले सबैमा उत्साह छाएको बताए । आउने प्रतिभाहरुलाई आर्थिक, नैतिक, भौतिक लगायत सबै प्रकारको सहयोग तयार छौं । कार्कीले भने ।