देशको मुहार फेर्नका लागि


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज १५, २०७९

  • देब राज ओझा

    गाउँ, समाज र राष्ट्रको उज्ज्वल भविष्यका निमित्त नवीन प्रविधि, ज्ञान्, सीप र स्थानीय स्रोत साधनको अधिकतम उपयोगरप्रयोग हुने गरि हाम्रा नीति तथा कार्यक्रम, योजना र बजेट तर्जुमा गर्नुपर्छ।कार्यक्रमहरूको कार्यान्वयनको सुनिश्चितता कायम गरि प्राथमिकताका आधारमा सञ्चालनमा ल्याउन अपरिहार्य हुन्छ। ताकी आम मानिसलाई जनप्रतिनिधि र सरकार प्रति पुर्ण भरोसा जाग्न सकोस्।

    जबसम्म हामी गाउँका कुना कन्दरा दुर दराजका कथा, व्यथा र भोगाइसँग एकाकार हुन सक्दैनौं, बुझ्दैनौ वा तिनका आवाज र आकाङ्क्षाहरूलाई अनुभुति गर्ने सामर्थ्य राख्दैनौ तबसम्म हाम्रो स्तर जहाँको त्यहीँ रहन्छ। त्यसैले ती तमाम आकाङ्क्षा र अनुभुतीहरुलाई आत्मसात गरि तदारुकताका साथ उभिनु आजको आवश्यकता हो।

    त्यसैले अब हामी सपना देख्नका लागि मात्र फुर्ती नझारौ, काम गरि सकारात्मक परिणाम ल्याउने दृढ संकल्पका साथ लागौं जसले देशको समग्र आर्थिक विकास र समाजलाई सकारात्मक परिवर्तनको बाटोमा लैजान सकोस्। सबैको सहभागितामा,सबैको साथ,समर्थन र समन्वयमा एकाकार भै समग्र राष्ट्रको उत्थानमा सक्दो योगदान गरौँ, जसका लागि हामी व्यक्तिगत स्वार्थ भन्दा माथी उठौ र भगिरथ परिश्रम गर्न प्रयत्न गरौँ ।

    रिति, थिती, विधि र कानुनी शासनको पुर्ण अंगिकार गर्दै लोकतान्त्रको सबलिकरण, समुन्नतिकरण, विविधीकरण र सुदृढीकरण गर्नु आजको सर्वोत्तम आवश्यकता हो। सामाजिक न्याय र सामाजिक सुरक्षामा सबै वर्गको समान पहुँचको सुनिश्चितता २१ औं लोकतान्त्रिक गणतन्त्रको आकाङ्क्षा र आवाज हो। त्यसैले सबै बर्ग, समुदायलाई सुखी,समुन्नति, सम्मानित र आर्थिक रूपमा आत्मनिर्भर बनाउदै देशलाई समृद्धिको यात्रामा सरिक हुन प्रेरित गरौँ ।

    कर चुहावट नियन्त्रण, करको दायरामा बिस्तार,आयातरभन्सारमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्दै निर्यातमुखी अर्थतन्त्रको जग दिगो र परिणाममुखी बनाऊन सबै सरोकारवाला पक्ष वा विज्ञसँग छलफल, संवाद, अध्यनरविश्लेषण गर्दै देशको वैदेशिक व्यापार घाटा र वैदेशिक मुद्रा सञ्चितीलाई मुनाफामुखी बनाउने वृहत् कार्ययोजना तयार गर्नुपर्ने ।

    विचलित भएर होइन, क्षणिकका लागि त झन् हुँदै होइन, बरू बढो संयमता, परिपक्वता,इमानदारीता,स्वच्छता र बस्तुस्थितिका आधारमा मात्र धारणाहरू सार्वजनिक गरौँ ताकी यसले समाजमा उब्जने अविश्वास,विरोध र प्रश्नहरूप्रती सदैव सचेत बनौं। असल कर्ममार्फत सबैतिर उत्साह, प्रेरणा, संस्कार, सम्मान, हार्दिकता, एकता र मेलमिलापको विकुल फुक्ने सन्देश प्रवाह गर्ने सामर्थ्य आर्जन गर्ने प्रयत्न जारी राखौं।

    हामिले मुलतः यी सबैका साझा सरोकारका विषयमा छलफल, संवाद गरि सोही बमोजिम नीति तथा कार्यक्रम तर्जुमा गर्ने, दिर्घ योजनाको निर्माण गर्ने, बजेटको व्यवस्थापन र योजनाको कार्यान्वयनको सुनिश्चितता गरि अघि बढ्न सके अपेक्षित प्रतिफल प्राप्त गर्न सकिन्छ।

    १) आगामी पाँच वर्ष शिक्षा र स्वास्थ्यलाई सबैको समान पहुँच,सर्वसुलभ र गुणस्तरीय बनाउन मात्रै ध्यान दिऊ।

    जसको सुनिश्चितताका लागि बृहत् दिगो कार्ययोजना तर्जुमा गरौँ । अहिलेको परिस्थितिमा हामीलाई यो थाहा छ कि ऋण नबोकी, घर जग्गा नबेची चन्दा सङ्कलन नगरी आफनै कमाईबाट छोराछोरीलाई पढाउन सक्ने वा जहानको उपचार गर्न सक्ने वर्गको जनसंख्या कति छ नेपालमा ? अस्पतालको शय्याबाट अर्को आत्महत्या हुने अवस्था नबनोस् । अपुरा, अस्पष्ट र हावादारी कुरा गर्न छोडौ। शिक्षा र स्वास्थ्यलाई सबैको समान पहुँचमा पुर्‍याऊ । मेट्रो रेल, घरघरमा ग्यास, पानीजहाज, भ्युटावर र अनावश्यक बकम्फुसे वात नगरौं। भएका पुर्वाधार र स्थानीय स्रोत साधनको अधिकतम सदुपयोग गरौँ।

    सामुदायिक गुणस्तरीय शिक्षा र स्वास्थ्य भरोसायुक्त नभैकन, बलियो र सर्वशुलभ नभैकनै विकसित भएको संसार कहि छैन् । यति कुरा बुझ्न विद्वान हुनु पर्दैन मात्र इमानदार भए पुग्छ। राजनीति जुनसुकै दलको गर्नुस् तर यसबाट विमुख हुने छुट छैन् ।

    २) पारदर्शिता, जवाफदेहिता, इमानदारीता, नागरिकको सेवामा निरन्तरता, मितव्ययितता, असल राजनीतिक संस्कारमा अटल रहने जिम्मेवारी अख्तियार गर्नुपर्ने,

    ३) सडक, सञ्चार, विद्युत, खानेपानी, सिचाइ र यातायात जस्ता आधारभूत परियोजनालाई दिगो, सुरक्षित, विश्वसनिय र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रका बिज्ञसँग परामर्श गरि सेवाहरूलाई सहज, सरल, छिटोरछरितो बनाउने ऎन नियम र निति तर्जुमाको सुनिस्चितता गर्नुपर्ने,

    ४) प्रत्येक सामुदायिक विद्यालयमा पुस्तकालयको व्यवस्था, प्रविधिमा आधारित अध्यनरअध्यापन गराउन आवस्यक पुर्वाधारको व्यवस्थापन गर्नुपर्ने, विभिन्न खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने,

    पाठ्यक्रमहरू तयार पार्दा स्थानीय वातावरण तथा नेपाली माटो सुहाउँदो शिक्षा पद्धति आत्मसात गरि तर्जुमा गर्नुपर्ने, जसले सीपमुलुक शिक्षाका माध्यमबाट आम मानिसको जिविकोपार्जनलाई सरल बनाउन सहयोग गरोस् । पढ्दै,सिक्दै र आय आर्जन गर्ने कार्यक्रमहरूलाई कार्यान्वयन गर्दै सञ्चालन गर्नुपर्ने, हामी अहिले पनि बि.स. २०२८ सालमा बनेको ऎनबाट हाम्रो शिक्षा प्रणाली चलिरहेको छ । यसलाई समयको गतिसँगै परिमार्जन गर्नु आजको आवश्यकता हो।

    ५) व्यक्तिगत र सामुदायिक बाझो जमिनको उपयोग सम्बन्धमा सम्बन्धित क्षेत्रका बिज्ञसँग परामर्श गरि सोही बमोजिम भाडामा वा सामुहिक खेतिका निम्ति अग्रसरता लिने,साथै जथाभावी जग्गा प्लटिङलाई पुर्ण रूपमा नियन्त्रण गरि कृषि खेतिका लागि सहजीकरण गरिदिने व्यवस्था अनिवार्य लागू गर्नुपर्ने, पारिवारिक खेती, सामुदायिक खेती, सहकारी खेती मार्फत बाँजो जमिनको भरपुर उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्ने,

    कृषि उपजलाई औद्योगीकरणको प्रक्रियामा लैजान युवालाई अगाडि बढाइयोस् । उत्पादन र औद्योगीकरणको प्रक्रियामा विशेष प्याकेजमार्फत अगाडि बढाइयोस् । कृषि अध्ययन केन्द्र, तालिम केन्द्र र कृषि शिक्षालयलाई प्राथमिकतामा राखी समयमै बिऊ बिजन, मल सिचाइ जस्ता अत्यावश्यक पुर्वाधारको उपलब्धताको सुनिश्चितता गर्दै कृषि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, हाम्रो गाउँ कुना कन्दरामा १६ घण्टा काम गर्दा पनि दुई छाक मात्र टार्ने निर्वाहमुखी कृषिबारे परिमार्जन गर्नैपर्छ, अनुत्पादक कृषिबाट व्यावसायिक, यान्त्रीकरण भएको कृषिमा मुलुकलाई लाने हो।

    ६) एकल महिला, अभिभावक गुमाएका बालबालिका लाई नि:शुल्क शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास र रोजगारीको सुनिश्चितता गर्नुपर्ने,

    ७) पालिकाहरूको समन्वयमा छोटो तथा लामो दुरिमा चल्ने सार्वजनिक यातायातलाई सर्वसुलभ,सुरक्षित, सहज र सरल रूपमा सञ्चालनको प्रवन्ध गर्नुपर्ने, यातायात क्षेत्रमा भएका विद्यमान संरचनात्मक समस्या र चुनौतीहरूको दिगो समाधान गरि समयानुकूल परिमार्जन गर्दै व्यबसायिलाई मर्का नपर्ने गरि राज्यका नीति तथा कार्यक्रमलाई सरल,सहज र झन्झट मुक्त गरि राज्यका संयन्त्र सदैव एकनासले कृयाशिल बनाउनुपर्ने।

    ८) केवल भोटका निम्ति मात्रै घरदैलो गर्ने परिपाटी अन्त्य गरौँ । यसपालि प्रश्न मात्रै वा दोषारोपण गर्ने होइन कि जाँच पास हुने खालको उत्तर बोकेर हानु बढी श्रेयकर हुन्छ।

    जनतालाई सुसूचित मतदाता, मैले किन भोट गर्ने रु मताधिकारको प्रयोग कसरी गर्ने रु भन्ने बारे सचेतनामुलक कार्यक्रम सँगसँगै लाने अभिभारा राजनीतिक दलले पूरा गर्नुपर्ने,

    ९) केही नवीन भिजन र नैतिक बल भएको सक्षम युवालाई राजनीतिक घेराभित्र ल्याउने वातावरण निर्माण गर्नु आजको अपरिहार्य हो। समाजलाई बदल्न सक्ने क्षमतावान,अनुभवी,इमानदार आर्थिक रूपमा सदैव पारदर्शी भएकारभैरहने र सबैले स्वीकार गर्ने नेतृत्व चयन गरौँ ।

    आजको प्रतिस्पर्धात्मक तथा परिवर्तनशिल वातावरणमा हुर्किरहेका आम मानिसका आकाङ्क्षाहरूलाई सम्बोधन गर्नका निम्ति हरेक क्षेत्रमा आवद्ध चाहे त्यो राजनीतिक व्यक्तित्व होस् या उद्यमी,व्यापारी,कर्मचारी वा अरु कुनै, हामी जो जहाँ भएपनी सफलता प्राप्त गर्न हामीले सबैलाई एकसाथ एक डोरिमा बाध्दै आफ्नो लक्ष्यमा पुने मार्ग कोर्नु पर्छ,

    १०) शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, रोजगारी सिर्जना र आम मानिसको जिविकोपार्जनका निमित्त कम्तीमा १० र १५ वर्षीय कार्य योजनाको बृहत् खाका तयार गरि कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने,

    ११) मितव्ययी, पारदर्शी, सुशासन, नैतिकता, इमानदारीता, सबैसँग समन्वय, सहकार्य गर्दै असल संस्कार सहितको समाज निर्माणमा निरन्तर कटिबद्ध लाग्नुपर्ने,

    १२) स्थानीय पर्यटकीय स्थलहरूको पहिचान गर्ने र प्रचार प्रसार गर्दै आवश्यक पर्ने पुर्वाधारको भरपर्दो र दिगो बिकास लागि दृढताका साथ प्रस्तुत हुनुपर्ने,

    १३) शिक्षकहरुले अवकाश हुनु अगाबै राजनिती गर्न नपाइने सुनिश्चितता गरिनुपर्ने वा राजिनामा स्वीकृत भए पश्चात् मात्र लाग्न पाइने सुनिश्चितता गर्नुपर्ने,

    १४) पालिकाभित्रका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका व्यक्तिहरू सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यायलमा पढाउने गरी ऐन, नियम बनाइयोस् । यस्तो नियम लागू हुन सकेन भने पनि जनप्रतिनिधिले आफ्नो छोराछोरी सामुदायिक विद्यालयमै पढाओस् । प्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी पढाएपछि सामुदायिक विद्यायप्रति चासो बढ्छ,गुणस्तरीयतामा सुधार आई स्तरोन्नति हुन्छ ,

    १५) भ्रष्टाचार रोक्न र शून्य सहनशीलता कायम राख्न सबैलाई अभिप्रेरित गर्ने, भ्रष्टाचार गर्नु भनेको मातृभुमि र देशप्रति गरेको सबैभन्दा अक्षम्य कर्म हो भन्ने चेतना विस्तार गर्ने, सोका बारेमा आम सर्वसाधारणलाई सुसूचित गराउने, यदि कसैले गरेको पाइएमा तत्काल निलम्बन गर्ने र निष्पक्ष छानबिनको दायरामा ल्याइ तीन पुस्ते असुल उपरको सुनिश्चितता गरिनुपर्ने,

    १६। बजेट तर्जुमा गर्दा जनमुखी,गाउँमुखी,स्थायित्व दिगो, सबैलाई न्यायोचित र सन्तुलन हुने गरि स्पष्ट नीति तथा कार्यक्रमको छनोट गर्ने, कुशल योजना निर्माण गर्नुपर्ने र आवश्यक बजेटको सुनिश्चितता गर्नुपर्ने, साथै कार्ययोजनाहरू समयमै सप्पन्न भए नभएको, गुणस्तर र पारदर्शीता जाँच गर्नका स्वच्छ र स्वतन्त्र अनुगमन समितिको गठन गर्नुपर्ने,

    १७) तपाईं हामी सबैको अथक सहयोग,समर्थन,मिहेनत र आपसी एकताको बलका साथसाथै समयानुकूल ऎन, नियम र कानुनको उपलब्धतालाई पुरूस्कृत गर्दै लग्नुपर्ने, हामी हाम्रो संघ र प्रदेशको सरकारलाई पुर्ण सफल र उदाहरणीय बनाउने यात्रामा सबैतिरबाट कटिबद्धताका साथ लाग्न एकमत निर्माण गर्नुपर्ने।

    १८) तपाईं हामी कसैले पनि मातृभुमी र देशलाई लुट्ने होइन, ठग्ने होइन हामिले त यसलाई सिञ्चित गर्ने हो, उर्वर बनाउने हो, करोडौं नागरिकले आफ्नो पसिना बगाएर कमाएको आम्दानी बाट राज्यलाई तिरेको करको सहि सदुपयोग गरेर गाउँ, समाज र राज्यलाई सबल, आत्मनिर्भर, उत्पादनशिल क्षेत्रमा व्यापक लगानी गर्नुपर्ने र अरुलाई दिन सक्ने स्थानमा उभ्याइ तपाईं हामी सबैले एक अर्कालाई गौरवान्वित बनाउने हो, तसर्थ हामी पुर्ण इमानदार भयौं भने समग्रमा देशको सुदुर भविष्य निकै सुन्दर र गर्विलो बन्ने छ।

    १९) बिपदको दिगो व्यबस्थापन, समाधान र मानव श्रमको उपयोग गरि रोजगारी सिर्जनाका लागि डोजरे बिकासको अन्त्य गर्नुपर्छ।

    २०) वातावरणीय संरक्षण र प्रवर्द्धन गर्दै जलवायु परिवर्तनरप्रभावले हिमालय क्षेत्र नेपाल लगायत अरू राष्ट्रले व्योहोर्नुपरेको क्षति र असरका बारेमा विश्व समुदायलाई सुसूचित गराउने । जलवायुका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदाय सहितको अगुवाई गर्दै यसबाट पर्ने क्षती न्यूनीकरण गर्न विभिन्न शिखर सम्मेलनहरूको आयोजना गर्ने।

    २०) हाम्रा वरिपरि उपलब्ध भएका प्राकृतिक स्रोत साधनहरूको अधिकतम उपयोग गर्नमा उच्च प्राथमिकता दिनुपर्छ, ताकी स्थानीय सीप, ज्ञान, दक्षता र क्षमताको भरपुर प्रयोग होस्, परिणामस्वरूप जिविकोपार्जनमा सहजता होस्,

    २१। स्थानीय स्तरमा उत्पादनलाई बढावा दिन आम कृषकहरूलाई हौसला दिनुपर्ने, आर्थिक रूपमा सहुलियत गर्नुपर्ने, देशभित्र उत्पादित बस्तु तथा सेवाहरूको बजारीकरण गर्ने, व्यबस्थापन गर्नुपर्ने,उचित मुल्यको सुनिश्चितता गर्नुपर्ने र श्रम अनुसारको भुक्तानीको सुनिश्चितता गर्नुपर्ने,

    जोकोहीले कुनैपनी कामकारबाहीको सिलसिलामा जानीजानी वा गलत मनसाय राखेर सम्पादन गरेको पाइएमारठहरिएमा कानुनको अधीनमा गरेको सजाय निज उपर सदैव बाध्य पार्ने,

    २२। वैदेशिक मुद्रा संचितिलाई सन्तुलनमा राख्न विलासी बस्तु तथा सेवाहरू र आधारभुत आवश्यकता भन्दा बाहिरका बस्तु तथा सेवाहरूको आयात पुर्ण रूपमा नियन्त्रण गर्नुपर्ने, विदेशमा श्रम गरिरहेका सबै दाजुभाइ दिदिबहिनीहरूलाई राज्यले विशेष सुबिधा प्रदान गर्नुपर्ने, ताकी उनीहरुलाई बैंकिङ च्यानलमार्फत पैसा पठाउन प्रोत्साहन मिलोस्, मुलुकलाई सप्पन्न बनाउन भन्सारको कमाइ भन्दा पनि कर राजस्वको कमाइबाट चलाउने विधि अवलम्बन गर्नुपर्ने, देशलाई समृद्ध बनाउन कृषि, उर्जा र पर्यटनलाई विशेष ध्यान दिनुपर्ने,

    अन्त्यमा, असल राजनितीज्ञ वा राजनीतिक दलले अर्को पुस्ताको वा भोलिको भविष्यको चिन्ता लिनुपर्छ र सोही यात्रामा अनवरत हिड्न सदैव प्रयत्न गरिराख्नु पर्छ। अनि पो नेतृत्वकर्ता असल नेताको रूपमा दर्ज हुन्छ र पुस्तौंसम्म अजर अमर रहन्छ।

    त्यसैले तपाईं हामी कसैले पनि सिर्फ चुनाव जित्ने महत्वकांक्षा र भोटको राजनीतिलाई सदाका लागि बन्द गरौँ ।

    आफ्नो असल कर्म मार्फत आफु, गाउँ र समाजलाई उदाहरणीय र प्रेरणादायी बनाउने लामो यात्रामा सरिक हुने कोशिश गरौँ ।

    दुनियाँ बदल्न भन्दा पहिला हामी आफू बदलौ, हाम्रो आफ्नो ढंग बदलौ, हाम्रा तमाम कमीकमजोरीहरु लाई निराकरण गर्दै सक्षम र क्षमतावान बनौं।

    सकिन्छ भने प्रत्येकले आफ्नो कार्यालय कक्ष भित्र र कार्यालय परिसर वरपर यी कुराहरूलाई ठुलो अक्षरमा सरल र साङ्केतिक दुवै भाषामा सबैले बुझ्ने र देख्ने गरि टास्ने,

    १। स्पष्ट दुरदृष्टि २। इमान्दारीता ३। सञ्चार क्षमता
    ४। आत्मविश्वास ५। सिर्जनशिलता ६। अनुशासित
    ७। मार्गदर्शन गर्ने क्षमता ८। आत्म(उत्प्रेरित ९। चतुर
    १०। धैर्य ११। प्रतिस्पर्धी १२। आशावादी १३। मिहिनेती
    १४। जोखिम वहनकर्ता १५। प्रभावशाली व्यक्तित्व
    १६। समय सचेतता १७। खुला बिचारधारा
    १८। अवसरको लाभ उठाउने क्षमता १९। वातावरणप्रति संवेदनशिल २०। नेतृत्वको गुण २१। नैतिकवान
    २२। पारदर्शी

    संघीय वा प्रदेश निर्वाचमा उम्मेद्वारहरूले लिखित स्वघोषणा गर्नुपर्ने पाँच विषय १
    १। आफू बहाल रहेको,आफुले प्रयोगरउपयोग गर्दै आएको बुझाउनुपर्ने जिन्सी वा नगदी बुझाइसकेको छु वा कुनै किसिमको हिनामिना गरेको छैन,

    ३। आफुले लिएको पेश्की वा बेरुजु बाकी छैन,

    ४। संघ , प्रदेश वा स्थानीय तहसङ्ग वाकुनैपनी आर्थिक वा ठेक्का सम्बन्धि कारोबारमा कुनै पनि प्रकारको संलग्नता छैन,

    ५। सम्पत्ति विवरण तल माथी गरेको छैन भनी लिखित रूपमा स्वघोषणा गर्ने गरौँ ताकी यस कार्यले सबैलाई अनुशासनमा राख्न र पारदर्शी बन्न सहयोग गर्छ र सफल प्रतिनिधि बनाउन मद्दत गर्छ।

    सायल २ ओखट्टे, डोटि
    हाल : किर्तिपुर काठमाडौं

    प्रतिक्रिया
    सम्बन्धित समाचार