उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र २७, २०७६

  • काठमाडौं, २७ चैत । काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै निणर्य नभएको जनाउनुभएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार