गोदावरीका हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गरिने


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ १७, २०७७

  • ललितपुर, १७ जेठ । गोदावरी नगरपालिकाले प्रत्येक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको छ । बाहिरबाट आएका मानिसलाई राख्न नगरपालिकाले उक्त क्वारेन्टिन व्यवस्था गर्न लागेको हो । नगरपालिकाले प्रत्येक वडाका विद्यालय, सङ्घसंस्था र सामुदायिक भवन प्रयोग गरी क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

    नगरपालिकामा शुक्रबार बसेको बैठकको निर्णयले हरेक वडामा तीन दिनभित्र क्वारेन्टिन तयार गर्न यहाँका बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, व्यापारी, समाजसेवी तथा सम्बन्धित सबैलाई सूचनामार्फत आग्रह गरेको छ । यसअघि गोदावरीले वडा नं ११ बज्रबाराही चापागाउँ अस्पतालमा १० श्ययाको क्वारेन्टिन व्यवस्था गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार