
काठमाडौं, १९ अशोज । साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वलाई लक्षित गर्दै संचालन गरेको सहुलियत बजारमा उपभोक्ताको भीड बढेको छ । कर्पोरेशनले गत बिहीवारदेखी सहुलियत पसल संचालन गरेको थियो । बजार प्रबन्धक प्रज्ज्वल प्रधानका अनुसार पहिलो दिनबाटै उपभोक्ता आउन थालेका हुन् । उनका अनुसार चिनी र नुन किन्ने धेरै उपभोक्ता छन् ।
कर्पोरेशनका उपत्यकाभित्र र वाहिर गरेर ७ वटा आउटलेट रहेका छन् । यतिखेर कालिमाटी, सतुङ्गल,कोटेश्वर, भक्तपुर, पाटन, बनेपा र नारायणगढस्थित आउटलेटबाट सहुलियत पसल संचालनमा छन् ।