• होमपेज
  • समाचार
    राजनीतिसमाज
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य
  • सूचना तथा प्रविधि
  • विविध
  • सम्पर्क

एकीकृत भन्सार चेकपोष्ट नहुँदा सास्ती


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १५, २०७८

  • बुटवल, १५ माघ ।  नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न झन्झट व्यहोर्न बाध्य भएका छन । सन् २००७ मा नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार भैरहवासहित वीरगञ्ज, विराटनगर र नेपालगञ्ज नाकामा आईसिपी निर्माण गर्ने लक्ष्य राखिएको थियो ।
    नेपाल सरकारले जग्गा उपलब्ध गराउने तथा भारतीय पक्षले प्राविधिक तथा पूर्वाधार निर्माण गर्ने सम्झौता भएपनि काम अगाडि बढ्न नसकेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । सम्झौताअनुसार सो चेकपोष्ट वीरगञ्ज, विराटनगरमा सम्पन्न भइसकेको छ र नेपालगञ्जमा निर्माण भइरहेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले आईसिपी निर्माणका लागि नेपालका तर्फबाट आवश्यक जग्गा अधिग्रहण भइसकेको जानकारी दिँदै भारतीय क्षेत्रमा जग्गा अधिग्रहण अझै बाँकी रहेको र केही समस्या भएकाले आईसिपी निर्माण कार्य अघि बढ्न नसकेको बताउनुभयो । “हामी आईसिपी निर्माणका लागि तयारी अवस्थामा छांै, ५२ बिगाहा जग्गा पनि अधिग्रहण भइसकेको छ, अब भारतीय क्षेत्रमा आवश्यक जग्गा चाडै उपलब्ध भए निर्माण कार्य सुरु होला”, उहाँले भन्नुभयो ।
    नेपाल भारतबीच हुने आयात निर्यात सहजरुपमा गराउने उद्देश्यले सन् २००७ मा आईसिपी निर्माणका लागि दुई देशबीच हस्ताक्षर भएको थियो । आईसिपीमा भन्सार कार्यालय, बैंक, पशु तथा कृषि क्वारेन्टाइन, भन्सार प्रयोगशालालगायतका आवश्यक पूर्वाधार निर्माण हुने बताइएको छ । नेपाल भारत दुबैतर्फ एकै प्रकृतिका संरचना निर्माण हुनेछ । नेपाल भन्सार एजेन्ट सङ्घका अध्यक्ष मधु पन्थीले भैरहवा नाकामा आईसिपी नबन्दा सो नाका हुँदै आयात निर्यात गर्ने व्यवसायीलाई लामो समय लाग्दा अतिरिक्त शुल्क बढने भएकाले अन्य नाकातिर आकर्षित भइरहेको बताउनुभयो । उहाँले नेपाली पक्षबाट सबै तयारी हुँदासमेत कुटनीतिक पहलको कमीले भारतीय पक्षले ढिलाई गरेकाले समन्वय गरेर काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उक्त नाकामा भारततर्फ भन्सार जाँचपास र पार्किङको पर्याप्त पूर्वाधार छैन । भारतले भन्सार जाँचपासको काम सडकमै गर्दै आएको छ ।
    भारतीय बजार नौतनवा–सुनौली हुँदै बेलहियासम्मको दूरी करिव ७ किलोमिटर छ । तर मालबाहक गाडीलाई सो दूरी पार गर्न धेरै समय लाग्दै आएको छ । नेपाल भारत दुवैतर्फ नाका वारपार निर्माण गरिने इन्टिग्रेटेड चेकपोष्टको मुख्य उद्देश्य दुई देशबीचको व्यापार तथा वाणिज्यलाई सहज बनाउनु हो जहाँ भन्सार, बैंक, प्लान्ट र पशु क्वारेन्टाइन, भन्सार प्रयोगशाला लगायतका आवश्यक सेवा सुविधा एकैथलोमा उपलब्ध हुनेछ । यसमा अत्याधुनिक सेवा सुविधासहित स्क्यानर जडान हुने भएकाले राजस्व छली गर्न अप्ठयारो हुन्छ । दैनिक अर्बौको मालसामान आयात हुने नेपालतर्फको भैरहवा भन्सारमै पनि पर्याप्त पार्किङको सुविधा छैन । जसका कारण हप्तौसम्म मालबाहक गाडी सडकमै रोकिनुपर्ने बाध्यता छ ।
    निश्चित समयका लागि लिइएका गाडी धेरै दिन सडकमै रोकिनु पर्दा आयातकर्ताले भोग्नुपर्ने आर्थिक क्षति लगायतका अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता हुन्छ । यसले नाकाको आयातलाई खर्चिलो बनाएको छ । यस बाहेक जाम लम्बिदै जाँदा छिटो जाँचपास गरिदिने नाममा हुने अवैध असुलीको समस्या पनि व्यवसायीले भोग्दै आएका छन् । भारततर्फ अहिले पनि जग्गा अधिग्रहणको काम टुङ्गिएको छैन । भारततर्फ उत्तरप्रदेश राज्यको महाराजगञ्ज जिल्लास्थित सुनौली र आसपासको केवटलिया, जुगौली र सुक्रौली गाउँको ७७ हेक्टर जमिन आइसिपीका लागि अधिग्रहण गरिने बताइएको छ । जसमध्ये ७० प्रतिशत जमिन अधिग्रहण भइसकेको भनिए पनि जग्गा खाली गराइएको छैन ।
    आइसिपी निर्माणका लागि यहाँका उद्योगी व्यवसायीले धेरैपटक दवाव दिदै आएका छन । भैरहवा भन्सारले अहिले अधिग्रहण गरेको ५२ बिगाहामध्ये करिव छ बिगाहा जमिनमा माटो मिलाएर अस्थायी पार्किंङ बनाएर काम चलाउ व्यवस्था गरेको छ । पार्किंङ् अभाबले कतिपय ट्रकहरु भारतीय क्षेत्रमै ३० किलोमिटरसम्म लाइनमा बस्नुपरेकाले नेपाली आयातकर्ताले ढुवानी वापतको अतिरिक्त शुल्क व्यहोर्दै आएको व्यवसायी टानबहादुर पाण्डेले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

    ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

    कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    नेकपा (एमाले) सरकारबाट बाहिरियो

    नेकपा (एमाले) सरकारबाट बाहिरियो

    ताजा अपडेट
    • तुलसी सिवाकोटीको ‘पैसा ठुलो रैछ’ सार्वजनिक

    • चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

    • ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

    • ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

    • ड्रोन दर्ता शुल्क अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण

    • ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

    • ‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठुम्का

    • विज्ञान, जलस्रोत र जलवायु परिवर्तनबारे सञ्चारकर्मी र वैज्ञानिकको सहकार्य आवश्यक

    • सुरक्षित पानी, स्वस्थ जिन्दगानी

    • काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

    • चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

    • नेपाल कमर्स क्याम्पस बाट बि•बि•एस मा सर्वोत्कृष्ट स्थान हासिल गरेका बिशाल रोकाहा स्ववियु अध्यक्ष पदको उम्मेदवार

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    • भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

    • नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    • सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

    • पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

    • लहानमा निःशुल्क मुटु तथा मधुमेह परीक्षण शिविर

    • मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो: गृहमन्त्री लेखक

    • दयाहाङ राईदेखि पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनय रहेको ‘राजागञ्ज’

    • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

    • बिज् एजुकेसनले भोलीदेखि ग्रान्ड युके एड्मिसन रोड शो गर्दै, सहभागी हुनेले खाली हात फर्किनु नपर्ने

    • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    • तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    • ‘जापान नेपालको हितैषी र विकासको सहयात्री’

    • ‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

    • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    • नेपालमा आजदेखी पहिलोपटक क्यानोनिङ उत्सव हुँदै

    • कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

    • बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    • व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

    • अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    • महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

    • युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

    • सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

    • नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

    • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    • राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

    • कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित

    • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

    • क्यान्सर रोगसँग संघर्षरत बालबालिकालाई सहयोग पुर्‍याउन एलायन्सको स्थापना

    • अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शिर्षकको सहयोग रकमको हिसाब खोज्नुपर्छ – ज्ञानेन्द्र शाही

    • ‘फेस अफ स्मार्ट किड्स २०२४’ को ग्राण्ड फिनाले सम्पन्न, गौरव र प्राव्यालाई उपाधि

    • तीन लाख भन्दा बढीले अवलोकन गरे दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

    • प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ सार्वजनिक

    • मनाईयो लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

    • छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

    • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    • विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

    • बेलायतको युक्लान युनिभर्सिटि पढेर फर्किएका विद्यार्थीलाई बिज एजुकेसनको सम्मान

    • ‘डब्लुटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण

    • नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

    • टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

    • एक करोड गीतादान र ज्ञानाश्रम निर्माण गर्ने उद्देश्य सहित विराट महायज्ञ सुरू

    • ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुँदै, गुणस्तरीय स्याउ पठाउने फार्मलाई १० लाख रुपैंयाँ पुरस्कार

    • ‘नाडा अटो शो २०२४’ मा यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

    • ‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डमा, नेपालसहित २५ देशका प्रतिनिधि सहभागी

    • मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु

    • हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

    • लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता

    • सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर

    • एउटै मञ्चमा ११ वटा मौलिक तीज गीत विमोचन

    • सुम्निमाको नयाँ म्युजिक भिडियो

    • अनुसन्धानमा आधारित नयाँ पुस्तक बजारमा

    • युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    • खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

    • अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    • सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

    • पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित

    • विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

    • आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    • हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

    • एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

    • नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

    • नेपाल एसिया कपबाट बाहिरियो

    • मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    • गायिका शारदा रसाईलीको ‘ए जोडा’ गीतको म्युजिक भिडिओ सार्वजनिक

    • आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

    • सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

    • कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    • ‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

    • अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

    • बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

    • सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

    • आईआरजीडीडी र एम्बेसेडर क्लबद्धारा कृषि र खाद्य सुरक्षामा क्षेत्रीय सहयोग सम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न

    • पत्रकार रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                              सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2025 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology