मेची महाकाली बुहारी संयुक्त आवाजले मनायो अन्तर्राष्ट्रिय नारी दिवस


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २५, २०७७

  • काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजले विशेष कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित जुकोट दरबार रेस्टुराँ एण्ड लाउन्जमा संयुक्त आवाजका प्रतिनिधीहरुको जमघटमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

    महिला हिंसा घरबाटै सुरु हुने भएकाले यसको अन्त्य पनि घरबाटै हुनुपर्ने नेपाली कांग्रेस, बित्तीय तथा सहकारी समन्वय बिभागकी केन्द्रिय सदस्य शोभा अर्यालले बताइन् । महिलाहरुमाथि देशमा ठूला अपराध, हिंसा बलात्कारका घटना हुदा सरकारले अपराधीलाई कानुनको कठघरामा ल्याउन नसकेको आरोप लगाइन् ।

    ‘निर्मला पन्तका हत्यारालाई सरकारले समयमै कारबाही गर्न सकेन ।’ परियारले भनिन् । वक्ताहरुले महिला हिंसा, महिला शसक्तिकरणका विषयमा आवाज उठाएका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य सुजाता परियार, अतिथि शोभा अर्यालले गरेकी थिइन् । यस्तै काठमाडौं संयोजक शान्ति बोहरा, सुदूरपश्चिम तथा मध्यपश्चिम संयोजक जागृति बोगटी, लक्ष्मी शाही, बसन्ती भण्डारी, गायिका शोभा थापा, समाजसेवी लक्ष्मी बस्नेत लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रतिनिधि सभा समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य नेपाली कांग्रेस जनसम्पर्क बिभागकी विद्या तिमिल्सिनाले गरेकी थिईन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार