थ्रिकम केयरका सिइओ भारत भ्रमणमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २७, २०७७

  • काठमाडौं । थ्रिकम केयरका सिइओ भारत भ्रमणमा निस्किएका छन् । तीन हप्ता लामो भारत भ्रमणमा जयसवाल विशेष तालिमका लागी निस्किएका हुन् । भारतको नया दिल्लीमा उनले सूचना तथा प्रविधीबारे विशेष तालिम लिनेछन् । भारतबाट फर्केपछि उनले थ्रिकम म्याक बुक केयर सञ्चालन गर्नेछन् । जस्तोसुकै बिग्रिएका म्याकबुक उनले रिपेयर गर्नेछन् ।

    भारतबाट फर्केपछि उनले १५ जना युवालाई निस्शुल्क तालिम प्रदान गर्ने छन् । काठमाडौंको पिपुल्स प्लाजास्थित थ्रिकम केयरले मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङको क्षेत्रमा ७ वर्षदेखी काम गर्दै आएको छ । यस कम्पनिले मोबाइल, ल्यापटपका अत्यावश्यक सामग्रीहरु पनि बिक्रि, वितरण गर्दै आएको छ । यस कम्पनिले काठमाडौं उपत्यकाभित्र फ्रि पिकअप, फ्रि डेलिभरी सुबिधा प्रदान पनि गर्दै आएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट