• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

२१ करोड राजश्व छलेको आरोपमा मुद्दा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस २४, २०७६

  • काठमाडौं । पुष २४ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । काठमाडाँै महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले रु २१ करोड १८ लाख विगो बराबरको राजश्व चुहावट गरेको आरोपमा आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
    उक्त मुद्दामा विभागले विगो असूल गरी बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ । वस्तु तथा सेवा खरीद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।
    प्रतिवादीले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसूर गरेको आरोप लगाइएको छ । मूल्य अभिवृद्धि करतर्फ छ करोड र आयकरतर्फ रु १५ करोड १७ लाख राजश्व चुहावट गरेको विभागको जिकिर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

    बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

    बैंक खाताको विवरण सार्वजनिक भएकामा आपत्ति

    बैंक खाताको विवरण सार्वजनिक भएकामा आपत्ति

    प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेट

    प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेट

    कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

    कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

    पाँचखाल बृहत् खानेपानी : आयोजना थप एक वर्ष लम्बिने

    पाँचखाल बृहत् खानेपानी : आयोजना थप एक वर्ष लम्बिने

    ताजा अपडेट
    • नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार सुरु

    • राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच छलफल

    • छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

    • शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन

    • गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल

    • निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

    • राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

    • सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    • रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

    • जर्मनीमा नेपाली कला, संस्कृति प्रवर्द्धन गरिने

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र आर                        कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षक कुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री           उप-सम्पादक : दीक्षा थापा                                उप-सम्पादक : सन्देश भण्डारी क्षेत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2023 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology