काठमाडौं, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन लण्डन अस्पताल भर्ना भएका छन् । उनलाई कोरोना भाइरस परीक्षण गर्दा केही अघि पोजेटिभ देखिएको थियो ।
कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार बोरिस अस्पताल भर्ना हुन् । उनको ठाउमा बेलायतका परराष्ट्रमन्त्रीले कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसोनप्रति स्वास्थ्य लाभको कामना गरेका छन् । उनी छिटै निको हुनेमा ट्रम्प विश्वस्त छन् । यस्तै लेबर पार्टीका नेताले पनि प्रधानमन्त्री जोनसोनको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।