• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

सुदूरपश्चिममा उच्च सर्तकता, डोटीमा छैन उलङ्घन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र २६, २०७६

  • काठमाडौं, २६ चैत । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो । मानिसको बढी भीडभाड हुने यहाँका विभिन्न चोक तथा प्रमुख व्यापारिक केन्द्रमा व्यापकरूपमा प्रहरी परिचालनसहित जागरुकताका लागि माइकबाट सूचनासमेत प्रवाह गरिएको छ । अन्य जिल्लामा लकडाउन उल्लङ्घनको आरोपमा सयौँ सवारी साधन पक्राउ र दजनौँ स्थानीयवासी कारवाहीमा परे पनि डोटीमा भने अहिलेसम्म कुनै पनि व्यक्ति तथा सवारी साधन कारवाहीमा नपरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।
    उहाँले भन्नुभयो, “नागरिकले लकडाउनको पूर्ण पालना गरेका छन्, उल्लङ्घन गरेको घटना कहीँकतै पाइएको छैन ।” जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले अहिलेसम्म जिल्लामा कोरोनाको सङ्केत नदेखिएको जनाउनुभयो भने जिप्रका डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जोखिम नेपालमा नभित्रियोस् भन्दै लकडाउनमा कडाइ गरिएको बताउनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लकडाउनको निर्देशनलाई पूर्णरूपमा पालना गराउन जिल्लाका सुरक्षा निकाय कडाइका साथ लागेको जनाउनुभयो । यहाँका उद्योग, व्यवसाय, पसलहरु पूर्णरुपमा बन्द भएका छन् ।
    अत्यावश्यक दैनिक उपभोग्य गर्ने वस्तु अस्पताल सेवा, स्वास्थ संस्था, औषधि पसल, दाल, चामल, तेल, नुन, दूध डेरी, पेट्रोलपम्प, फलफूल तथा तरकारी पसल भने निश्चित समय तोकिएर सञ्चालन गर्ने अनुमति दिइएको छ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेका लागि स्थानीय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरिरहेका छन । जिल्ला प्रशासन कार्यालयले पत्रकारका लागि प्रेस पास उपलब्ध गराएको छैन । सूचना विभागबाट प्रेस पास लिएकालाई रिर्पाेटिङ गर्न पाउने व्यवस्था मिलाइएको छ ।
    सरकारले गरेको निर्णयको उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा कारवाही गर्ने स्थानीय प्रशासनले योजना बनाएपछि बजारमा आवतजावत गर्ने तथा बिनाकाम घर बाहिर निस्किनेहरु बन्द भएका हुन् । प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सङ्क्रमण फैलन नदिन र नागरिक बचाउन सबैले नियमको पालना गर्न जरुरी रहेको बताउनुभउयो । कोरोना नियन्त्रणका लागि यहाँको प्रदेश तथा स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा एक मात्रै कैलालीमा कोरोना रोगको सङ्क्रमित फेला परे पनि अन्य ठाउँमा फेला परेका छैनन् ।
    यहाँको प्रदेशबाट ४० जनाको स्वाब परीक्षण गरिए पनि चार जनामा कोरोना पोजेटिभ देखिएको छ । अन्य ३६ जनामा नेगेटिभ देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाइएको छ । निर्देशनालयका अनुसार कोरोनाको सङ्क्रमण देखिएका निज बिरामीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । शव परीक्षण हुन सकेन गोली हानी हत्या गरिएकी जिल्लाको जोरायल गाउँपालिका–४ देउथलाको नङ्नीटोलकी २० वर्षीया अनिता वनको शवको दुई दिन बितिसक्दासमेत परीक्षण हुनसकेको छैन । जिल्ला अस्पताल डोटीको शवघरमा राखिएको शव दुई दिन बितिसक्दासमेत परीक्षण हुनसकेको छैन ।
    जिल्ला अस्पतालमा पाँज चिकित्सक कार्यरत रहे पनि गोलीकाण्डको परीक्षण गर्ने अधिकारप्राप्त चिकित्सक कोही नभएका कारण उनको शव परीक्षण हुन नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ज्योति पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा हामी पाँच चिकित्सक कार्यरत छौँ, गोलीकाण्डको परीक्षण गर्ने अधिकार र तालिम हामीसँग नहुँदा नगरिएको हो ।” गएको आइतबार राति निज महिलाको छातीमा भरुवा बन्दुकले गोली हानिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    एसिडपीडितलाई निःशुल्क उपचार

    एसिडपीडितलाई निःशुल्क उपचार

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    ताजा अपडेट
    • लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    • पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    • प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    • वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    • फुटबल टोलीको बिदाइ

    • एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    • बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    • सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

    • मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    • कर्णाली प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology