रसुवालाई चीनको थप सहयोग


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २९, २०७६

  • रसुवा, २९ चैत । कोभिड–१९ नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चीनको जिलोङ काउन्टीले स्वास्थ्य तथा सुरक्षा सामग्री प्रदान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार मित्र राष्ट्र चीनको तिब्बतस्थित जिलोङ काउन्टीले रसुवामा काम गर्ने स्वास्थ्यकर्मी र नेपाल प्रहरीका लागि केही थप सामग्री प्रदान गरेको हो ।

    प्रदान गरिएका सामग्रीमा १०५ थान पिपिई, ३० थान जुत्ता, ४८ थान मेगाफोन (सानो माइक), पाँच हजार थान हर्बल, १५ लिटर औषधि, पाँच थान प्रोटेक्सन फेस (हेलमेट जस्तै स्वास्थ्यकर्मीले लगाउने) र १८ थान नाइट यासल (सानो टच) रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । यसै गरी रसुवामा कार्यरत प्रहरीका लागि ३० थान आर्माेर गियर( प्रहरीले छातीमा लगाउने) र १०५ प्रोटेक्सन हेलमेट दिइएको छ । यसअघि पनि चीनले स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ ।

    चीनको जिलोङ काउन्टी एवं नेपालको रसुवा जिल्ला छिमेकी भएको र मित्रता अत्यन्तै राम्रो रहेको बताउँदै प्रजिअ भण्डारीले विपद्का समयमा सहयोग गर्ने चिनियाँलाई धन्यवाद दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार