• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख १३, २०७७

  • काठमाडौं, १३ बैशाख ।  गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् ।
    तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको छ । त्यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ । एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् ।
    तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको रु आठ करोड ३१ लाख बराबरको स्वास्थ्य सामग्री दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्माेमिटर, दुई थान पिसिआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेका हुन् ।
    चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको थियो । नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गते निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल भित्रिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    एसिडपीडितलाई निःशुल्क उपचार

    एसिडपीडितलाई निःशुल्क उपचार

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    ताजा अपडेट
    • लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    • पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    • प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    • वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    • फुटबल टोलीको बिदाइ

    • एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    • बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    • सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

    • मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    • कर्णाली प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology