• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

सङ्क्रमित युवकका परिवारको स्वाब परीक्षणको नतिजा नेगेटिभ


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २, २०७७

  • सप्तरी, १ जेठ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पिसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोभिड–१९ पुष्टि भएका डाकनेश्वरी नगरपालिका–३ का युवकको प्रत्यक्ष सम्प्र्कमा आएकी उहाँकी आमा, हजुरबुबा र हजुरआमा तथा चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।
    यसैगरी डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा सङ्क्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । निमित्त प्रमुख यादवका अनुसारे मङ्लबार उनीहरुको स्वाब सङ्कलनपछि परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको छ । स्वाबको रिपोर्ट नेगेटिभ आए पनि सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका उनीहरुलाई अझ एक साता पातोस्थित क्वारेन्टाइनमै राखिने जनाइएको छ ।
    स्वाब परीक्षणको रिपोर्ट आउनु अघिल्लो रात आइतबार सङ्क्रमित युवकलाई घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उनका परिवारका आमा, हजुरआमा र हजुरबुवालाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका बेला चितवनबाट वैशाख ८ गते मध्यराति निक्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्र्याक्टर र पैदल हुँदै वैशाख ९ गते सप्तरी आएका थिए । डाकनेश्वरी नगरपालिका–३ का वडाध्यक्ष प्रदीप भनिने अरुणकुमार साहका अनुसार १३ जनालाई घर जान नदिइ सोझै क्वारेन्टाइनमा राखिएकामा पिसीआर रिपोर्ट नआउँदै आइतबार राति युवकलाई घर जान दिइएको थियो । स्वास्थ्यकर्मीले वैशाख २२ गते सङ्क्रमित युवकसँगै चितवनबाट आएका १३ जनामध्ये छ जनाको आरडिटी परीक्षण गरेको थियो । बाँकी सात र क्वारेन्टाइनमा बसेका अन्य तीनको वैशाख २६ गते स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको थियो ।
    आरडिटी परीक्षण गरिएका छ युवालाई वैशाख २२ गते र बाँकी सात जनालाई आइतबार होम क्वारेन्टाइनमा बस्ने परामर्श दिएर घर पठाइएको थियो । आधिकारिकरूपमा युवकसहित १० जनाको परीक्षण रिपोर्ट सोमबार मात्र आएको थियो । जसमा एक युवकको रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई राजविराजस्थित आइसालेसन वार्डमा राखिएको छ । सङ्क्रमित युवकको सम्पर्कमा आएकाहरुको अझै खोजी भइरहेको र सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रयाकिङ र ट्रेसिङ गरी पिसीआर परीक्षण बढाइने निमित्त प्रमुख यादवको भनाइ छ । बिहीबार पनि सुरुङ्गा, शम्भुनाथ, राजगढ, राजविराजलगायतबाट ११ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठान पठाइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    एसिडपीडितलाई निःशुल्क उपचार

    एसिडपीडितलाई निःशुल्क उपचार

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    युरोपियन युनियनबाट ‘दिगो खानेपानी तथा सरसफाइ’ का लागि एक अर्ब ३७ करोड अनुदान लिइने

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    सल्लाघारीका २१ रूख काटिए, समितिको खर्चमा घाइतेको उपचार जारी

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    आलेख सेवाः उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

    ताजा अपडेट
    • लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    • पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    • प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता

    • वर्षासँगै आत्तिन्छन् कोसीपीडित

    • फुटबल टोलीको बिदाइ

    • एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

    • बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

    • सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

    • मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

    • कर्णाली प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology