• होमपेज
  • समाचार
    राजनीतिसमाज
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य
  • सूचना तथा प्रविधि
  • विविध
  • सम्पर्क

घरमै पुस्तक : शिक्षकले टोलमै पढाउने


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ २४, २०७७

  • वालिङ, २४ जेठ  : स्याङ्जाको भिरकोट नगरपालिकाले विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराएको छ । बन्दाबन्दीका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भइरहेका बेला नगरपालिकाले विद्यालयका शिक्षकमार्फत विद्यार्थीको हातहातमा पुस्तक पु¥याएको हो । बन्दाबन्दीका कारण विद्यार्थीको शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले उनीहरुलाई कक्षाअनुसारका पाठ्यपुस्तक सम्बन्धित विद्यालयमार्फत विद्यार्थीकोमा पु¥याइएको भिरकोट नगरप्रमुख छायाँराम खनालले बताउनुभयो ।
    “पहिलो चरणमा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधिमार्फत विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक वितरण गरिरहेका छौँ”, नगरप्रमुख खनालले भन्नुभयो, “शिक्षक विद्यार्थीको घरघरमा पुगेर पुस्तक उपलब्ध गराउनुका साथै अभिभावकसँग विद्यार्थीको शैक्षिक गतिविधिका बारेमा पनि जानकारी लिने र आवश्यक परामर्श दिने गर्नुभएको छ ।” पहिलो चरणमा सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने र दोस्रो चरणमा टोलटोलमा शिक्षक तथा भोलेन्टियरमार्फत सामाजिक दूरी कायम राखी पिँढी, चौतारी तथा उपयुक्त स्थानमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख खनालले बताउनुभयो ।
    “अब विद्यार्थी शिक्षा लिनका लागि विद्यालयमै पुग्नुपर्दैन”, नगरप्रमुख खनालले भन्नुभयो, “आ–आफ्नो टोलमा रहेका शिक्षक वा भोलेन्टियरमार्फत प्रत्येक टोलटोलमा पठनपाठन गर्ने कार्य अगाडि बढ्दैछ ।” नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा नयाँ शैक्षिकसत्रको शुरुआत भए पनि विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउन सकेदेखि विद्यार्थी नयाँ पुस्तकमा रमाउन थाल्ने सुझाव दिएका थिए । त्यसमा पुस्तकको व्यवस्थापन गर्नुपर्ने कुरा उठेपछि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको तथ्याङ्क सङ्कलन गरी पाठ्यपुस्तक ढुवानी गरी विद्यालयमार्फत वितरण गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो ।
    “भिरकोट नगरभित्र सामुदायिक ३९ र संस्थागत पाँच गरी कूल ४३ विद्यालय छन्”, शिक्षा शाखा प्रमुख आचार्यले भन्नुभयो, “शुक्रबारसम्म ३२ विद्यालयका विद्यार्थीकोमा पुस्तक पुगिसकेको छ, बाँकी विद्यार्थीमा पनि आइतबारसम्म पु¥याउन विद्यालय तथा शिक्षकलाई निर्देशन दिएका छौँ, उहाँहरुले पु¥याउने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।” नगरपालिकाले प्रत्येक विद्यालयमा ढुवानी गरी नयाँ पाठ्यपुस्तक पु¥याउने र विद्यालयमार्फत शिक्षक प्रतिनिधिले घरघरमा रहेका आफ्ना विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो । “आफ्नो टोलमा रहेका जुनसुकै विद्यालयका विद्यार्थीलाई पनि सोही टोलमा रहेका शिक्षकले अनिवार्य पढाउने, गृहकार्य दिने, गृहकार्य गरे÷नगरेको जाँच गर्ने व्यवस्था मिलाएका छौँ”, शाखा प्रमुख आचार्यले भन्नुभयो, “नगरभित्रका विभिन्न टोलटोलमा सामाजिक दूरी कायम गरी सम्बन्धित टोलका शिक्षक तथा भोलेन्टियर शिक्षकद्वारा पठनपाठन भए÷नभएको अनुगमन पनि गर्छौैँ ।”
    कक्षा १ देखि ९ सम्मका विद्यार्थीका लागि तोकिएको पाठ्यपुस्तक उपलब्ध भएसँगै टोलमा रहेका शिक्षकले आलोपालो दैनिक डेढदेखि दुई घण्टा पठनपाठन गर्नुपर्ने निर्णय नगरपालिकाले गरेको शाखा प्रमुख आचार्यले बताउनुभयो । “शिक्षकले अभिभावकसँग विद्यार्थीको शैक्षिकलगायत अन्य गतिविधिका बारेमा जानकारी लिनुका साथै कोभिड–१९ का बारेमा आवश्यक परामर्श दिनुहुने छ”, शाखा प्रमुख आचार्यले भन्नुभयो, “बालमैत्री स्थानीय शासन घोषणा गर्ने क्रममा रहेकाले बालबालिकाको हकअधिकारप्रति हामी सचेत र प्रतिबद्ध पनि छौँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

    ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

    कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    नेकपा (एमाले) सरकारबाट बाहिरियो

    नेकपा (एमाले) सरकारबाट बाहिरियो

    ताजा अपडेट
    • सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट सम्मानित

    • तुलसी सिवाकोटीको ‘पैसा ठुलो रैछ’ सार्वजनिक

    • चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

    • ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

    • ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

    • ड्रोन दर्ता शुल्क अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण

    • ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

    • ‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठुम्का

    • विज्ञान, जलस्रोत र जलवायु परिवर्तनबारे सञ्चारकर्मी र वैज्ञानिकको सहकार्य आवश्यक

    • सुरक्षित पानी, स्वस्थ जिन्दगानी

    • काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

    • चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

    • नेपाल कमर्स क्याम्पस बाट बि•बि•एस मा सर्वोत्कृष्ट स्थान हासिल गरेका बिशाल रोकाहा स्ववियु अध्यक्ष पदको उम्मेदवार

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    • भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

    • नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    • सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

    • पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

    • लहानमा निःशुल्क मुटु तथा मधुमेह परीक्षण शिविर

    • मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो: गृहमन्त्री लेखक

    • दयाहाङ राईदेखि पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनय रहेको ‘राजागञ्ज’

    • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

    • बिज् एजुकेसनले भोलीदेखि ग्रान्ड युके एड्मिसन रोड शो गर्दै, सहभागी हुनेले खाली हात फर्किनु नपर्ने

    • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    • तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    • ‘जापान नेपालको हितैषी र विकासको सहयात्री’

    • ‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

    • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    • नेपालमा आजदेखी पहिलोपटक क्यानोनिङ उत्सव हुँदै

    • कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

    • बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    • व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

    • अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    • महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

    • युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

    • सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

    • नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

    • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    • राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

    • कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित

    • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

    • क्यान्सर रोगसँग संघर्षरत बालबालिकालाई सहयोग पुर्‍याउन एलायन्सको स्थापना

    • अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शिर्षकको सहयोग रकमको हिसाब खोज्नुपर्छ – ज्ञानेन्द्र शाही

    • ‘फेस अफ स्मार्ट किड्स २०२४’ को ग्राण्ड फिनाले सम्पन्न, गौरव र प्राव्यालाई उपाधि

    • तीन लाख भन्दा बढीले अवलोकन गरे दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

    • प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ सार्वजनिक

    • मनाईयो लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

    • छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

    • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    • विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

    • बेलायतको युक्लान युनिभर्सिटि पढेर फर्किएका विद्यार्थीलाई बिज एजुकेसनको सम्मान

    • ‘डब्लुटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण

    • नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

    • टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

    • एक करोड गीतादान र ज्ञानाश्रम निर्माण गर्ने उद्देश्य सहित विराट महायज्ञ सुरू

    • ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुँदै, गुणस्तरीय स्याउ पठाउने फार्मलाई १० लाख रुपैंयाँ पुरस्कार

    • ‘नाडा अटो शो २०२४’ मा यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

    • ‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डमा, नेपालसहित २५ देशका प्रतिनिधि सहभागी

    • मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु

    • हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

    • लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता

    • सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर

    • एउटै मञ्चमा ११ वटा मौलिक तीज गीत विमोचन

    • सुम्निमाको नयाँ म्युजिक भिडियो

    • अनुसन्धानमा आधारित नयाँ पुस्तक बजारमा

    • युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    • खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

    • अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    • सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

    • पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित

    • विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

    • आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    • हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

    • एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

    • नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

    • नेपाल एसिया कपबाट बाहिरियो

    • मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    • गायिका शारदा रसाईलीको ‘ए जोडा’ गीतको म्युजिक भिडिओ सार्वजनिक

    • आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

    • सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

    • कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    • ‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

    • अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

    • बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

    • सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

    • आईआरजीडीडी र एम्बेसेडर क्लबद्धारा कृषि र खाद्य सुरक्षामा क्षेत्रीय सहयोग सम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न

    • पत्रकार रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                              सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2025 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology