सिल्क फेसनले सातौं वार्षिकोत्सब मनाउँदै


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ८, २०७७

  • काठमाडौं, ८ चैत । दरबारमार्गस्थित सिल्क फेसनले यसै चैत २८ गते आफ्नो सातौं वार्षिकोत्सब भब्यताका साथ मनाउँदैछ । यस अवसरमा सेलिब्रिटीहरुको जमघटमा फेसन शो समेत गर्न लागिएको सञ्चालक तथा डिजाइनर सृजना पोखरेलले बताइन् ।

    ‘कोरोना महामारीले सबै कुरा अस्तब्यस्त बनाएका बेला आशा, उत्साह जगाउँन विशेष कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’ पोखरेलले भनिन् । फेसन फर अल नारा दिएर ७ वर्ष सुरु भएको सिल्क फेसन गाउन, वान पिस, लेहेंगा, सारीका लागि चर्चित छ । बार्षिक उत्सबको अवसरमा विभिन्न छूटका योजना ल्याएको छ। नेपालका थुप्रै सेलिब्रिटीहरुलाई सिल्क फेसनले ड्रेस डिजाइन गर्दै आएको छ ।

    सिल्क फेसनले वच्चाका लागि पास्नीमा लगाउने ड्रेस, पुरुषहरुका लागि पार्टी वेयर, कोट, सुट पनि तयार गर्छ । एक पटक सेवा लिईसकेकाले यहाँको ड्रेस डिजाइन रुचाउने गरेको फेसन डिजाइनर पोखरेलले बताइन् । वार्षिकोत्सबमा बिक्रि भएको पैसाको केही प्रतिशत सामाजिक सेवामा लगाउँँने सञ्चालक पोखरेलले बताएकी छिन् । यस अवसरमा सेलिब्रिटीहरुको जमघटमा फेशन शो का साथै समाजसेवाका बिभिन्न क्षेत्रमा योगदान दिएका महिलाहरुलाई सम्मान गर्न लागिएको सञ्चालक तथा डिजाइनर पोखरेलले बताइन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार