ग्यापु मार्केटप्लेसको लकडाउन ह्याङ्गओभर सेल, चालीस प्रतिशत सम्म छुट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार २२, २०७८

  • काठमाडौं, २२ असार । लोकप्रिय नेपाली इ कमर्स ग्यापु मार्केटप्लेसले इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै ‘लकडाउन ह्याङ्गओभर सेल’ को घोषणा गरेको छ । जुलाइ ७ देखि १३ (असार २३-२९) सम्म चल्ने सेलमा इलेक्ट्रोनिक्स सामानमा चालीस प्रतिसत सम्म छुट उपलब्ध हुने ग्यापुका संस्थापक एवम् सिइओ ज्ञानेन्द्र खडकाले जानकारी दिए ।

    लोकप्रिय ब्रान्डका टिभि, वासिङ मेसिन, पङ्खा, कुलर, एसि, मोबाइल लगायतका सामान अफरमा उपलब्ध हुनेछन् । अफर अवधीमा सपिङ गर्नेमध्ये भाग्यशाली ग्राहकलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने खड्काले बताए । डिजिटल वालेट प्रभु-पे, इ-सेवा साथै मेघा बैंक, एनएमबि बैंकको कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहार रहेको बताइएको छ । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु-पे, फोन-पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवामार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ।

    साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न्। घर-घरमा नि:शुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ सालभित्रमा मोबाइल एप डाउनलोड गर्नेहरुमध्ये एकजनालाई नयाँ कार उपहार दिने घोषणा गरिसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट