ललिता निवास जग्गा प्रकरणमा नेता गच्छदारलाई रु १० लाख धरौटी माग


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ३०, २०७८

  • काठमाडौँ, ३० असार । विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो ।

    विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले आज उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि रु १० लाख धरौटी माग गरेको थियो । उनले आजै रु १० लाख रुपैया बुझाएका छन् ।

    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेता गच्छदारविरुद्ध रु नौ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट