लकडाउनसँगै रगतको अभाव : दाताहरु अग्रपङ्तिमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २८, २०७७

  • वीरगञ्ज, २८ जेठ ।  लामो समयदेखि जारी रहेको लकडाउनका कारण पर्सा जिल्लामा रगतको अभाव देखिन थालेपछि दाताहरु अग्रपङ्तिमा उभिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमणका कारण रगतको अभाव हुन थालेपछि सोको अभाव हुन नदिन गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साले आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले रक्तदान कार्यक्रममा एक महिलासहित १०० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रमको पूर्व सांसद अनिल रुगंटाले उद्घाटन गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार