कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ १२, २०७७

  • बुटवल, १२ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको आज बिहान २।३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    उनका अनुसार उनलाई यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप रहेकाले अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर शुरुदेखि नै भेन्टिलेटरमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको जनाइएको छ ।

    यससँंगै कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये २४ घण्टाभित्र तीन जनाको मृत्यु भएको छ । यसअघि बुधबार राति कपिलवस्तुका पुरुषको र बिहीबार बिहान तिलोत्तमा नगरपालिका –२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने आठ जना पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार