पर्यटन प्रवद्र्धनमा पाँचपोखरीको फड्को


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर १६, २०७७

  • सिन्धुपाल्चोक, १६ मङसिर । पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन शुरु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको शुरुआत सोमबार वाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले गर्नुभएको हो । मङ्सिर १९ गतेदेखि पुस ३ गतेसम्म पर्वतारोही माया गुरुङको संयोजनमा रुट अध्ययनसहितको टोलीले पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

    टोलीमा वडा नं ३ का अध्यक्ष नीमाछिरिङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ, पर्यटन सल्लाहकार सोमर बोम्जन, पहिलो तामाङ सगरमाथा आरोही महिला कान्छीमाया तामाङ, सगरमाथा आरोही दावाजाङ्बु शेर्पा, क्लाइम्बिङ लिडर तुलसिङ्ग गुरुङ रहनेछन् । प्रारम्भिक अध्ययन र उद्देश्यबारे जानकारी गराउन सोमबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेपालले अध्ययन र आरोहणले रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास नाका खुलाई थप पर्यटक भित्रिने र पर्यटनको माध्यमबाट आर्थिक, सामाजिक, विकासमा टेवा पुग्ने बताउनुभयो । यसले पाँचपोखरीलाई धार्मिक तथा तथा सांस्कृतिकरूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिका अध्यक्ष टासी लामाको भनाइ छ ।

    काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउँपालिकासँग जोडिएको छ । उक्त पदमार्ग खुलाउन अध्ययन हुन लागेको र नयाँ हिमालको नामकरणसहित आरोहण गरिन लागेको गाउँपालिकाको पर्यटन प्रवद्र्धन समिति अध्यक्ष सुवास तामाङले बताउनुभयो । साहसिक पदमार्गका लागि तिलमनपासलाई महत्वपूर्ण मानिन्छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार