अध्यक्ष ओलीलाई कारबाही गरेको पत्र नेकपाले निर्वाचन आयोगमा बुझायो


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस ६, २०७७

  • काठमाडौँ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र आयोगमा बुझाएका हुन् ।

    ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि आइतबार दिउसो बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्नुका साथै अनुशासनको कारबाही गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार